arrow

मुगुमा लाखौको अन्नबाली सहित १० वटा भेडा बाख्रा बगायो

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
mugu-soru.png

मुगु। सोमबार राती परेको अविरल बर्षाले बाढी र पहिरोको कारण मुगुको विभिन्न ठाँउमा लाखौको अन्नवाली क्षति भएको छ भने १० वटा भेडा बाख्रा मरेको बताइएको छ। मुगु जिल्ला खत्याड गाँउपालिका ११ रातापानीमा रहेको स्याल खोला माथिबाट पहिरो आई खत्याड खोला थुनेर बाढी आँउदा लुई बगर, डाडिया बगर,जेउडी,माझ बगर, लाडु बगरमा रहेका दर्जनौ खेतीहरु र खेतमा पाकेर भित्राउन लागेको लाखौ मुख्यको अन्नवाली जौ, गहुँ बगाएको स्थानीयहरुले जानकारी दिएका छन्।

पाकेको जौ गहुँ भित्राउने तयारी गरि रहेका बेला बाढी आएर खेत सहित सबै बाली बगाएर लग्यो यो लकडाउनको बेला कसरी जहान परिवार पाल्ने हो आफनो लगायत दजनौ स्थानीयहरु त बर्वाद नै भयौ। स्थानीय दिप बहादुर कार्कीले टेलिफोन मार्फत जानकारी दिए। पानी पर्ने र खोलामा बाढी आईरहने क्रम नरोकिएकाले अझै कति क्षती हुने हो थाहा छैन खेत अन्नवाली आँखै अगाडी बगाएर दिदाँ टुलुटुलु हेर्नु बाहेक अर्को विकल्प नै रहेन्।

सोमबार राती नै परेको पानीले जिल्ला कै सोरु गाँउपालिकामा पनि क्षती पुराएको बताइएको छ। गाँउपालिकाको वडा नं २ नाथर्पु गाँउका लोक बहादुर कार्की र जोगीवाडा गाँउका बुढेनाथ योगीका घरमा बाढी पसेर घर बगाउदा धनमालका साथै १० वटा भेडाबाख्रा बगाएर क्षति पुराएको स्थानीय स्वास्थ्यकर्मी मन्जन शाहीले जानकारी दिए। उनका अनुसार रावलबाडा,गुल्म,जवारधारामा पनि बाढीले लाखौ मुल्य बराबरको अन्नवाली र खेत बगाएको र घटना स्थल तिर सोरुकोट प्रहरी चौकीबाट प्रहरीहरु विहानै घटना स्थल तर्फ गएका जनाइएको छ।

सोरु गाँउपालिकाको घटना स्थल तर्फ प्रहरी गएको र ठुलै सख्यामा भेडा बाख्रा बगाएर मरेको र अन्नबाली पनि लाखौ मुल्य बरावर क्षति भएको जानकारी पाएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले दिए। साथै प्रहरीको मुचुल्का नआउन्जेल सम्म कति क्षति भयो भनेर भन्न नसकिने उनले बताए। घटना स्थलहरु जिल्ला सदरमुकाम गमगढीबाट २ दिन पैदल पश्चिम र उत्तरमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ