arrow

उद्योग वाणिज्य संघ नवलपरासीले सात वटै स्थानीयतहलाई एक-एक हजार केजी चामल वितरण

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
nawapari-fncci.jpg

नवलपरासी पश्चिम। उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमले जिल्लाका भित्रका दैनिक मजदुरी गरेर खाने गरिव तथा अति विपन्न हरुको लागि राहत सामग्री स्थानीय तहहरुलाई उपलब्ध गराएको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गरेर खाने, असाय असक्त तथा निम्न वर्गहरुको जिवनयापन सहज बनाउनका लागि उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमले जिल्लाका उद्योगी, व्यावसायी तथा वर्तमान कार्यसमितिबाट राहत संकलन जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुलाई उपलब्ध गराइएको उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमका अध्यक्ष केशब भण्डारीले बताए।

जस अन्तरर्गत मंगलबार रामग्राम नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए। उद्योग वाणिज्य संघ नवलपरासीद्धारा अति विपन्न मजदुरी गरेर खाने असाय असक्तहरुको लागी भनेर प्रत्येक स्थानिय तहलाई १ हजार केजी ४० बोरा चालम उपलब्ध गराइएको संघका उपाध्यक्ष नगेन्द्र अग्रहरीले जनाए। त्यस्तै यसअघि संघले जिल्लाको छ वटा स्थानीय तहमा राहत स्वरुप खद्दान उपलब्ध गराइसकेको थियो। जिल्लामा सात वटा स्थानिय तह रहेकोमा तीन वटा नगरपालिका र चार वटा गाउपालिका छन्।

राहत हस्तान्तरण कार्यक्रममा अध्यक्ष केशव भण्डारी, वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, उपाध्यक्ष नगेन्द्र अग्रहरी, उपाध्यक्ष राजेश कुमार अग्रहरी, महासचिव गिरिराज पाण्डे, सचिव तारा अचार्य, सम्झना चौधरी, भोला पराजुली लगायतको सहभागीता थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ