arrow

आईपीएल क्रिकेट: सनसनीपुर्ण खेलमा गुजरातद्वारा दिल्ली १ रनले पराजित

१७ बलमा अर्धशतक बनाएका मोरिसले ३२ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै ८२ रन बनाए

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
IPL_Chris_Morris.jpg.jpeg
काठमाडौं। गुजरात लायन्सले दिल्ली डेयरडेविल्सलाई १ रनले पराजित गरेको छ। एक समय दिल्लीले सजिलै जित्ने स्थतीबाट गुजरातले खेल आफ्नो पक्षमा तानेको थियो। 
 
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित२० ओभरमा ६ विकेटको नोक्सानीमा १७२ रन बनाएको थियो। पहिलो विकेटकालागि १०.३ ओभरमा ११२ रनको साझेदारी गरेको गुजरातले बाँकी ९.२ ओभरमा ६ विकेट गुामउँदै ६० रन मात्र जोड्न सकेको थियो। राम्रो शुरुवातलाई ठुलो स्कोर बनउाव नसक्दा झण्डै खेल गुामउनु परेको थियो। 
 
गुजरातका ब्रेण्डन मकलमले ३६ बलमा ६० रन बनाएका थिए भने ड्वेयन स्मिथले ३० बलमा ५३ रनको योगदान दिएका थिए। दिल्लीका ईमरान ताहिरले ३ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको दिल्लीले राम्रो शुरुवात गर्न सकेको थिएन। दिल्लीले ४ ओभरमा १६ रन बानउँदा ३ विेकट गुमाएको थियो। क्रिश मोरिसले बिष्फोटक ब्याटिङ गर्दै एक समय दिल्लीलाई जीतको नजिक पुर्‍याएका थिए। १७ बलमा अर्धशतक बनाएका मोरिसले ३२ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै ८२ रन बनाएका थिए। उनलाई जेपी डुमीनीले राम्रो साथ दिंदै ४३ बलमा ४८ रन बनाएका थिए। 
 
८२ रन बनाएका मोरिसले बलिङ गर्दै २ विकेट पनि लिएका थिए। उनको अलराउण्ड प्रदर्शनले पनि दिल्लीलाई जीत दिलाउन सकेन। गुजरातका धवल कुलकर्णीले ३ विकेट लिएका थिए भने कुनै पनि विकेट नलिएका प्रविण कुमारले ४ ओबरमा १३ रन खर्चिंदै किफायती बलिङ गरेका थिए। 
 
क्रिस मोरिस प्लेयर अफ द म्याच घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ