arrow

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु, ५ घाइते

logo
प्रकाश भट्ट, 
प्रकाशित २०७७ वैशाख ३ बुधबार
lightning.jpg

दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मंगलवार राति चट्याङ लागेर मृत्यु भएको हो ।

खातीको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । 

उनका अनुसार खातीको घरमा मंगलवार राति साढे ८ बजेतिर चट्याङ परेको हो । चट्याङ लागेर खातीकी श्रीमती सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । 

चट्याङले घर पूर्ण रुपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको प्रहरी निरीक्षक जोशी बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ