arrow

गुल्मीमा १७ सयभन्दा बढी बाहिरबाट भित्रिए, कोरोनाबारे सबै स्थानीय तहमा सीडीयोको उर्दी  

विदेशबाट आएकाबाट स्थानीय त्रासमा 

logo
रमेश विश्वकर्मा,  
प्रकाशित २०७७ वैशाख ३ बुधबार
corona-gulmi-cdo-palika-chi1.jpg

गुल्मी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण तथा नियन्त्रण सम्बन्धि बिषयमा गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लाका १२ वटै स्थानीयतहका प्रमुख प्रशासकिय अधिकृतहरुसँग भिडियो संवाद गरेका छन् । 

त्यस अवसरमा प्रमुख प्रशासकिय अधिकृतहरुले क्वारेन्टाइनमा खटाउने जनशक्तिको अभाव रहेको तथा योजनाहरुको कामका बिषयमा जानकारी गराएका थिए । 

प्रमुख जिल्ला अधिकारी शर्माले क्वारेन्टाइनमा रहेकालाई र्यापिड डायग्नोस्टिक टेष्ट गराएर मात्र छोड्न, क्वारेन्टाइनमा रहेकाहरुको खानामा राम्रो प्रबन्ध मिलाउन, निषेधआज्ञालाई चुस्त बनाउने, सवारी पास व्यवस्थालाई उपयुक्तलाई मात्र बनाउने बिषयमा छलफल भएको बताए । उनले सामाजिक दुरीलाई कायम राख्ने, स्थानीय क्लब, टोल विकास संस्था, शिक्षकहरुबाट पनि सहयोग लिन आग्रह गरे ।

खाद्यान्न वितरण गर्दा निश्चित मापदण्ड बनाएर भिडभाड नगरी गर्ने, बजारमा खाद्यान्नको मौज्दात र सोको परिमाणको विवरण लिएर कम्तिमा ३ महिनालाई पुग्ने स्टक बनाउने बिषयमा छलफल भएको प्रजिअ शर्माले बताए । बजारमा कृत्रिम अभाव हुन नदिने, नियमित बजार अनुगमन गर्ने, कालोबजारी भएको भए सुचना दिन समेत आग्रह गरे । 

स्वास्थ्य कर्मचारीलाई पर्याप्त पिपिईको व्यवस्थापन गर्ने, विदामा जान नदिने र कुनै पनि उपचारमा असहयोग गर्ने कर्मचारीलाई सचेत गराउने, विदेशबाट आएकाहरुको लगत संकलन गर्ने लगायतका बिषयमा छलफल भएको जानकारी दिए । 

साथै उनले जिल्लामा भारत सहित तेस्रो मुलुकबाट अहिलेसम्म १७ सय भन्दा बढि भित्रिएको बताए ।

सरकारले यही बैशाख १५ गतेसम्म लकडाउनलाई लम्बाएको छ। हाल नेपालमा पनि कोरोना संक्रमतिहरुको संख्या बढ्दै जान थालेसँगै लकडाउन लम्बिएको हो । 

विभिन्न पालिकाले एक पालिकाबाट अर्को पालिकामा समेत स्थानीयलाई प्रवेशमा कडाइ गरेका छन् । 

 विदेशबाट आएकाहरुबाट भने स्थानीयले खतरा महसुस गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ