arrow

घरायसी झगडाको झोंकमा ३० वर्षे युवाको गयो होश, राप्तीमा हामफालेर गुमाए ज्यान 

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
drowning.jpg

चितवन । राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन् ।
 
घरायसी झगडाका कारण नेपाली मङ्गलबार साँझ राप्ती नदीमा हामफालेको प्रहरीले जनाएको छ ।

 नेपालीको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ