६ महिनाकी बच्ची कोरोनालाई हराउन सफल, अढाइ वर्षको बालक बिना औषधि निको
प्रकाशित २०७७ वैशाख ३ बुधबार
1.1k
Shares
काठमाडौं । कोरोना भाइरसले विश्वका मै हुँ भन्नेलाई पनि छाडेको छैन । सकभर ज्यानै लिएको छ । तर भारतको मुम्बईमा एक ६ महिनाकी बच्चीले कोरोनालाई हराउन सफल भएकी छिन् ।
यसलाई चमत्कारकै रुपमा लिइएको छ । कोरोनाले बालबालिका र बुढाबुढीलाई नछाड्ने चिकित्सकहरुको दावी विपरीत ६ महिनाकी बच्चीलाई कोरोना भाइरसबाट निको भएको हो ।
महाराष्ट्रको राजधानी मुम्बईमा सबैभन्दा बढी संक्रमित छन् । तर ६ महिनाकी बच्चीले कोरोनालई जितिन् ।
बच्चीलाई अस्पतालबाट घर लिएर गएपछि छिमेकीहरुले ताली बजाएर बच्चीलाई स्वागत गरेका थिए । बच्चीका बाबु तथा हजुरबा र हजुरआमा कोरोना संक्रमित भएका कारण अस्पतालमै भर्ना भएका छन् ।
त्यस्तै उत्तर प्रदेशका साढे २ वर्षका बालकले पनि कोरोनालाई हराएका छन् । किंग जर्ज मेडिकल कलेजमा भर्ना भएका उनले औषधि नखाइकनै कोरोनालाई जितेका हुन् ।
उनी संक्रमित भए पनि उनमा कुनै लक्षण देखिएको थिएन । ५ दिनसम्म अस्पतालमा राखेपछि बच्चालाई निको भएको हो ।
बच्चाकी आमा क्यानाडामा डाक्टर छिन् । उनी हालैमात्र घर फर्केकी थिइन् ।