चीनले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा मेडिकल टिम पठाउने
सिन्ह्वा,
प्रकाशित २०७७ वैशाख ३ बुधबार
1.3k
Shares
बेइजिङ। चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोविड-१९ महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको जानकारी दिएका हुन्। उनकाअनुसार चीन सरकारले सहयोग स्वरुप ती देशमा मेडिकल टिम पठाउन लागिएको हो।
विश्वमा कोविड-१९ को महामारी विश्वव्यापी रुपमा बढ्दो रुपमा रहेको भन्दै यस्तो अवस्थामा विभिन्न देशमा स्वास्थ्य सामग्री तथा कतै मेडिकल टिम नै पठाएको हो। चीन र अफ्रिकी देशहरुबीचको सम्बन्ध सुधारको संकेतस्वरुप यो सहयोग गरिएको प्रवक्ता चाओले बताए।
चीनमा भएको कोरोनाको प्रकोपको समयमा सबैभन्दा पहिला साउदी अरेबियाको सरकारले चीनलाई फोन गरेर सान्त्वना दिएको तथा साउदी अरेबियामा भएको क्षतिबारे दुःख व्यक्त गरेको प्रसंग उनले उल्लेख गरे।
हाल साउदी अरेबियामा कोविड-१९ को महामारी बढ्दै गएको छ। सोही कारण साउदी अरब सरकारको आग्रहपछि सो मेडिकल टिम पठाइएको चीनले जनाएको छ।