arrow

आर्थिक प्याकेज ल्याउन नीजि क्षेत्रको जोड

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
Fncci_CNI.jpeg

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले क्षति पुर्‍याएको नीजि क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन्। बुधबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘कोरोनाको महामारीबाट निजी क्षेत्रमा प्रभाव र आगामी कदमहरु’ विषयमा भिडियो कन्फ्रेन्समार्फत निजी क्षेत्रका सरोकारवालाहरुले यस्तो माग गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष भवानी राणाले नीजि क्षेत्रलाई परेको क्षतिको आँकलन गरी राहत प्याकेज ल्याउनुपर्ने बताइन्। ‘सरकारले आफ्नो क्षमताअनुसार राहत प्याकेज ल्याओस।’ अध्यक्ष राणाले भनिन्। अहिले हरेक क्षेत्रलाई असर परेको र सो असर सरकारलाई पनि परेको भन्दै सरकारले क्षमता अनुसारको राहत ल्याउन माग गरेकी हुन्।

यदि सरकारले राहत प्याकेजको व्यवस्था नगर्ने हो भने उद्योग तथा व्यवसाय क्षेत्र पूर्ण रुपमा शिथिल बन्ने अध्यक्ष राणाको भनाई थियो। उद्योग, पर्यटन, उत्पादन लगायतका उद्योगहरुमा कोरोना भाइरसका कारण निकै क्षति भएको भन्दै अध्यक्ष राणाले क्षेत्रगत रुपमा क्षतिको विवरण हेरेर प्याकेजको व्यवस्था गर्नुपर्ने बताइन्।

अहिले सरकारले नीजि क्षेत्रलाई खासै राहत नल्याएको बताइन्। अहिले नीजि क्षेत्रलाई कामदारलाई कसरी तलब दिने ब्याज तिर्ने विषय नीजि क्षेत्रलाई परेको अप्ठेरो भएको उनले बताइन्।  ब्याज तिर्ने समय राष्ट्र बैंकले असार सम्म सारेको स्मरण गर्दै खास गरी रुग्ण उद्योगहरु निकै शिथिल भएको अध्यक्ष राणाको भनाई थियो।

यस्ता क्षेत्रहरुलाई कसरी राहत दिन सकिन्छ भनेर सरकारले राहत दिनुपर्ने उनको भनाई थियो। सरकारसँग राहत माग्ने मात्रै होइन, कारोरोनासँग लड्न नीजि क्षेत्र एक भएर लागेको उनको भनाई थियो। अहिले उद्योग वाणिज्य महाँसंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर्स अफ कमर्श लगायत नीजि क्षेत्र मिलेर अगाडी बढेको उनले बताइन्। अहिलेको असहज परिस्थितिमा पनि नीजि क्षेत्रले नाफाको मतलब नगरेर कसरी मानव जीवनलाई बचाउन सकिन्छ भनेर लागि परको बताइन्।

अहिले खाद्यान्न लगायतका अतिआश्यकिय बस्तुको सहज आपूर्ति नीजि क्षेत्रकै कारण भएको अध्यक्ष राणाको भनाई थियो। हरेक गाउँ गाउँका जनता र शहरका सबै जनतामा खाद्यान्न र औषधीजन्न अति आवश्कीय सामानहरु नीजि क्षेत्रकै सक्रियतामा संभव भएको उनको भनाई थियो। त्यसका साथै सरकारको कोषमा पनि रकम जम्मा गरेको बताईन। आफ्नो नोक्सानलाई एकातिर राखेर मुलुकका लागि काम गरिरहेको बताइन्।

त्यसका साथै कोरोनाका कारण अर्थतन्त्र शिथिल बन्दै गइरहेकाले यसलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा पनि सरकार तथा संबन्धीत सरोकारवालाहरुसँग छलफल गरिरहेको उनको भनाई थियो। त्यसैगरी, मुलुक लकडाउनको अवस्थामा रहेकाले आपूर्तिमा कुनै समस्या नहोस भन्ने उदेश्यले उद्योग तथा वाणिज्य लगायतका मन्त्रालयसँग छलफल गरी काम गरिरहेको उनले बताइन्।

त्यसैगरी,उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले कोरोनाका कारण उद्योग तथा व्यवसायमा परेको क्षतिलाई रहत दिन सरकारले ऋणमा सहुलियत दिनुपर्ने बताए। त्यसका लागि राष्ट्र बैंक तथा अर्थमन्त्रालयलाई जानकारी समेत गराएको अध्यक्ष मोरको भनाई थियो। त्यस्तै अहिलेको अवस्थामा ब्याजलाई कम्तीमा ५ प्रतिशतले घटाउनुपर्छ भन्ने माग गरेका छन्। यसले अर्थतन्त्रलाई माथि उकास्न थोरै भएपनि सहयोग हुने अध्यक्ष मोरको भनाई थियो।

राहत दिने काम सरकारले मात्रै होइन, आफनो जिम्मेवारी नीजि क्षेत्रले पनि पूरा गर्नुपर्ने उनले बताए। ‘नीजि क्षेत्रले पनि केही न केही जिम्मेवारी लिनुपर्छ।’ अध्यक्ष मोरले भने। अहिलेको संकटकालिन अवस्थामा नीजि क्षेत्रले आपूर्ति व्यवस्थालाई कसरी सहज बनाउने र सीएसआरलाई पनि कसरी प्रयोग गर्ने भन्ने सोच्नुपर्ने उनले बताए। सहज आपूर्तिका लागि उत्पादनसँग संबन्धी उद्योगहरु खोल्नुपर्ने अवस्था भएपनि एकातिर कच्चा पदार्थको अभाव अर्कातिर कामदारहरु आउन नमान्ने भएकाले समस्या भएको बताए।

कामदारहरुलाई काम आउन आँफुहरुले बोलाएको र कामदारहरु स्वतस्फूर्त रुपमा पनि आउनुपर्ने बताए। कामदारको स्वास्थ्यको पूर्ण जिम्मेजारी कम्पनीले लिने भन्दै अति आवश्यकीय उद्योगहरु चलाउने काम भइरहेको उनले बताए। साथै उनले बजारमा खाद्यान्नको तत्काल अभाव नभएको समेत बताए। 

नाकाबन्दीले नेपालीलाई धेरै कुरा सिकाएको भन्दै संकट टार्ने विकल्प पनि नेपालीसँग भएको बताए। त्यसैगरी, संकटको यस घडीमा आँफूहरु पनि सरकारसँग हातेमालो गर्दै राहतका काममा जुटेको अध्यक्ष मोरले बताए। अहिले १०-१२ केजीका खाद्यान्नका प्याकेट बनाएर परिसंघले सातै प्रदेशमा पठाएको र सरकारलाई पनि ७५ हजार मास्क तथा पिपिइ वितरण गरेको छ।

 नेपालका उद्योग क्षेत्रमा कत्तिको असर गरेको छ भन्ने विस्तृत अध्ययन सुरु गरेको उनको भनाई थियो। नीजि क्षेत्रको सहयोग सरकारलाई भएको छैन नि भन्ने प्रश्नको जवाफामा चाहे जस्तो सहयोग गर्न नसकेको स्वीकार गरे। तर सहयोग चाँही गरिरहेको बताए।

त्यसैगरी, नेपाल चेम्बर्स अफ कमर्शका वरिष्ठ उपाक्ष्यक्ष राजेन्द्र मल्लले अहिलेको परिस्थितिमा सरकारले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताए। तर तत्काल आर्थिक पाटोलाई छोडेर रोगबाट कसरी उन्मुक्ति पाइन्छ भन्ने कुरामा केन्द्रीत रहनुपर्ने बताए। त्यसका लागि आम नेपाली एक भएर लाग्नुपर्ने उपाध्यक्ष मल्लले बताए। खास गरी सरकारले कृषि र औषधी जन्य सामानमा आत्मनिर्भर बन्ने खालका प्याकेज ल्याउनुपर्ने उनको भनाई थियो। व्यवसायीहरुले कमाउने धन्दा मात्रै नभई सेवा गर्ने हिसावले पनि काम गर्नुपर्ने बताए। आर्थिक पाटोको कुरामा कसरी माथि उकास्न सकिन्छ भन्नेमा  सरकार र नीजि क्षेत्र मिलेर जानुपर्ने बरिष्ठ उपाध्यक्ष मल्लको भनाई थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ