arrow

दाताको भरमा राहत वाँड्दै स्थानीय तह, दाताहरु भन्छन्- काम एउटाको नाम अर्काको ?

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
istaniya.jpg

रुपन्देही। कोरोना भाईरस (कोभिड–१९)को उच्च जोखिमबाट वच्नका लागि गरिएको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका विपन्न वर्ग मारमा छन्। यसको प्रत्यक्ष मारमा अन्य मध्यम वर्ग र व्यवसायीहरु समेत छन्। यहि बीचमा देशभरका स्थानीय तहरुले विभिन्न कोष स्थापना गरेर दाताहरुको भरमा राहत वाँड्ने क्रम जारी रहेको छ ।

विपन्न वर्गका परिवारहरुलाई पर्न गएको खाद्यान्न संकटलाई ध्यान दिदै, स्थानीय तहहरुले विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट राहत उठाउने गरेको पाईएको छ । बुटवल उपमहानगरपालिकालाई राहत दिएका एक व्यक्तिले नाम नखुलाउने सर्तमा भने संकलनका लागि स्थानीय तहहरुले केही विशेष व्यक्तिहरुको घरमा मान्छे पठाउने अथवा फोन मार्फत् राहत खाद्यान्न सहयोग गर्नु पर्‍यो भनेर भन्ने गरेको वताए ।

'एउटा राज्यको निकायले मान्छे खटाएर राहत माग्नु र खाद्यान्न आफै किनेर दिन्छु भन्दा होईन पैसा दिनुस् हामी आफै किन्छौं भन्छन, ' उनले भने, 'भैरहवा गएर किन्छौ भन्छन् के बुटवलमा खाद्यान्न नपाईने होर भन्ने जिज्ञासा राखे ।' उनले दाताहरुबाट राहत संकलन गरेर स्थानीय तहहरुले आफ्नो नाममा बाँडिरहेको जनाए । त्यस्तै रुपन्देहीको एक स्थानीय तहले खाद्य वैंक स्थापना गरेर विभिन्न दाताहरुलाई सो वैंकमा खाद्य वस्तुहरु जम्मा गर्न आग्रह गरेको छ ।

निकै आक्रामक महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमणले जनजीवन प्रभावित पार्नुका साथै सवैभन्दा ठूलो असर आर्थिक क्षेत्रमा पर्न गएको छ । जसका कारण सवै क्षेत्रहरु (कोभिड–१९) संक्रमणको उच्च जोखिमबाट वच्नका लागि सरकारले घोषणा गरेको लकडाउनले वन्द हुन पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ