arrow

गृहको आदेशमा गाडीबाट झारिएपछि तोडफोड

logo
सौरभ गिरी,
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
quarantine-nepaljung.jpg

नेपालगञ्ज। बाँकेको दशगजास्थित क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले घर जान नपाएको भन्दै गाडीमा तोडफोड गरेका छन्। शिघ्र परिक्षण विधिबाट कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई सम्वन्धित जिल्लामा पठाउने तयारी गरिरहँदा गृह मन्त्रालयले तत्काल घर फिर्ता नगर्न भनेपछि गाडीमा चढेकालाई पनि ओरालिएको थियो।

घर जान नपाएको आक्रोशमा उनीहरुले गाडी तोडफोड गरेका हुन्। बाँके प्रहरीका अनुसार तीन वटा गाडीमा तोडफोड भएको छ।

प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले गृह मन्त्रालयबाट तत्काल पठाउन नमिल्ने जवाफ आएपछि उनीहरुलाई घर पठाउने निर्णय नगरिएको बताए। १५ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई घर फिर्ता गर्न नेपालगञ्ज उपमहानगरपालिकाले ६ वटा गाडीको व्यवस्था गरेको थियो।

भारतका विभिन्न सहरबाट आएका २६ जिल्लाका १ सय ८१ जना दशगजा क्वारेन्टाइमा बसेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ