arrow

महिलाको माग – ‘कि लकडाउन खोल कि त पतिलाई काममा खटाउ’

logo
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
corona-sex-victim.JPG

काठमाडौं । हरेक पक्षका फाइदा बेफाइदा दुवै हुन्छन् । कोरोना भाइरसको संक्रमणका कारण मानिस घरबाट बाहिर निस्कन पाएको छैन । 

कामकाजी मानिसलाई यो भन्दा पीडा अरु के हुन सक्ला । तर घरमै बस्दाका फाइदा भनेको परिवारलाई समय दिन सक्नु पनि हो । 

त्यो समय दिन खोज्दा भने कहिलेकाहिं बढी पनि भइदिन्छ । भैदियो त्यस्तै । 

अफ्रिकी देश घानाकी एक महिलाले लकडाउनमा श्रीमानबाट पटक पटक सहवास गरेपछि हैरान भएर सरकारलाई गुहारेकी छिन् ।

दिन रात जतिबेला पनि पतिले पत्नीसंग सहवासकै माग गरेपछि महिलाले सामाजिक संजालबाटै आफ्नो पीडाको बयान गर्दै सरकारसंग लकडाउन खोल्न माग गरेकी हुन् । 

‘उनले कि त लकडाउन खोल कि त पतिलाई काममा खटाउ’ भनी सरकारसंग माग गरेकी छिन् । 

घानामा अहिलेसम्म ६४१ जना कोरोना संक्रमित छन् भने ८ जनाको ज्यान गएको छ । 

यसलाई मध्यनजर गर्दै सरकारले अप्रिलको पहिलो सातादेखि लकडाउन गरेको हो । 

महिलाले ट्वीटरमा भिडियो राख्दै पतिबाट पीडित भएको बताएकी हुन् । उनले दावी गर्दै भनेकी छिन् कि देशमा यस्ता थुप्रै महिला छन् जो पार्टनरको सहवास डिमान्डबाट आजित भइसकेका छन् । 

महिलाले भनेकी छिन्, ‘निद खुल्न नपाउँदै पति सहवासका लागि तयार ! उसलाई सन्तुष्ट बनाउन खाना बनाउ, उ खान्छ, टिभी हेर्छ, केही समयपछि सेक्स चाहिन्छ, फेरि सेक्स, फेरि सेक्स.....हामी लकडाउनमा सेक्सका लागि बसेका त हैनौं हामी त स्वास्थ्यको ख्याल राख्न लकडाउनमा बसेका हौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ