arrow

कपिलवस्तुमा ६ सय ३१ जनाको दुत खोज परीक्षण, सबैको कोरोना रिपोर्ट नेगेटीभ

logo
मणि प्रसाद गैेह्रे,
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
corona-test.jpg

कपिलवस्तु । विहीबारसम्म कपिलवस्तुमा ६ सय ३१ जनाको कोरोना भाइरसको द्रुत परिक्षण गरिएको छ । बिहिबार मात्र १ सय २६ जनाको परिक्षण भएको छ । जसमा कसैको पनि कोरोना संक्रमण भएको रिर्पोट नआएको प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । 

कपिलवस्तुमा क्वारेन्टाइनमा बस्ने क्रमश घट्दै गएका छन्। जिल्लाका १० स्थानीय तहले निर्माण गरेका २ सय २२ बेडको क्वारेन्टाइनमा विहीबारसम्म १ सय ६८ जना मात्र रहेका छन् ।

पछिल्लो एक हप्तामा क्वारेनटाइनमा बस्ने घटेका हुन् । १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । १४ दिन पुगेकालाई विस्तारै घर पठाइएको र नयाँ कोरोना आंशका लागेका नभेटिएकाले क्वारेन्टाइनमा बस्ने घटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार विहीबारसम्म ७ सय ५४ जना डिस्चार्ज भैसकेका छन् । अहिले जिल्लाको विजयनगर गाउँपालिकामा सबैभन्दा बढी ५३ जना क्वारेन्टाइनमा रहेका छन भने मायादेवी गाउँपालिकामा कुनै पनि क्वारेन्टाइनमा छैनन ।

महाराजगञ्ज नगरपालिकामा २८, बुद्धभूमि नगरपालिकामा २७, शिवराज नगरपालिकामा १७, कृष्णनगर नगरपालिकामा ११, शुद्धोधन गाउँपालिकामा १२ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी कपिलवस्तु नगरपालिकामा ९, वाणगंगा नगरपालिकामा ८ र यशोधरा गाउँपालिकामा ३ जना क्वारेनटाइनमा रहेको प्रशासन कार्यालयले जनाएको छ । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले विहीबार दुई जना क्वारेन्टाइनमा थपिएको जानकारी दिए। यो संगै बुद्धभूमिमा क्वारेन्टाइनमा बस्नेहरु २९ जना पुगेका छन् ।

भारतसँग सिमा जोडिएको जिल्ला भएको कारण सिमा क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ