arrow

बेलायतमा कोरोनाबाट पूर्व गोर्खा सैनिक पाल्पाका धनवीरको मृत्यु, मृतक नेपाली १३ पुगे 

logo
रासस, 
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
Nepali-embassy-in-London.jpeg

लण्डन । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापापछि बुटबल बसाइँसराइ गरेका थिए । 

पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

अध्यक्ष रेग्मीका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेको बताए । 

हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुने नेपालीको सङ्ख्या १३ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ