arrow

जीपी कोइराला फाउण्डेशनद्धारा वीरगञ्ज महानगरका ३२ वटै वडामा सेनिटाइज

logo
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
corona-gp-foundation.jpg

वीरगञ्ज । कोरोना भाइरसले सर्वसाधारणमा संन्तास फैलिरहेका बेला जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाका ३२ वटै वडाहरुमा सोडियम हाइपोक्लोराइट नामक सर्फेस सेनिटाइजर छर्किएको छ । 

विश्व स्वास्थ्य संगठनले हालसम्म यस रोगको कुनै पनि औषधी नहरेको तथा यस रोगबाट बच्न साफ सफाई र सामाजिक दुरी कायम गर्न नै यसको उपचार मध्ये एक रहेको बताएपछि जि.पी कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरलाई सेनिटाइज गर्ने निर्णय गरेको जनाएको छ ।

नेपालमा आईलागेको यस्तो विपदको बेला हरेक नेपाली नागरिकले आफनो स्तरबाट नेपाल सरकारलाई साथ र सहयोग दिने कुरा रहेको बताउँदै मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई मनन गर्दै वीरगन्जको ३२ वटै वडाहरुलाई सेनेटाईज गर्ने जानकारी गराएका छन् ।

वीरगंज महानगर पालिकाको वडा नं २ छपकैयामा ३ जना भारतीयहरुमा कोरोना रोग पुष्टि भएपछि वीरगंज संक्रास अवस्थामा रहेको छ । वीरगंजका ३ वटा वडाहरु शिल समेत गरिएको छ भने सयौं जनाको कोरोना र्यापिड टेस्ट समेत गरिएको छ ।  

सेनिटाईजेशन कार्यक्रम शुक्रबार बिहान वरिगंजको १, २, ३, १० र १६ नं वडाहरुमा शुरु गरिएको छ । 

वीरगंजका ३२ वटै वडाहरुमा सेनेटाईज गर्ने फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले बताएका छन । 

सेनेटाईजेशन गर्ने वडा नं ३ का फाउण्डेशन अध्यक्ष सदिप केवट, शेख सागिर, कृष्ण ओझा, रुस्तम मंसुरी रहेको फाउण्डेशन पर्साका सचिव धिरजकुमार गुप्ताले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ