arrow

वैदेशिक रोजगारीमा रहेकाहरुको समस्याबारे सरकारलाई ट्रेड युनियन कांग्रेसको ध्यानाकर्षण

logo
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
nepal-trade-union-congress.jpg

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सहयोग र उद्दारका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। विदेशमा रहेका श्रमिकहरुका सहयोगका लागि ट्रेड युनियन कांग्रेसले ७ बुँदे सुझाव पनि पेश गरेको छ। 

विश्वमा छरिएर रहेका नेपाली श्रमिकहरु हालको अवस्थामा कोभिड-१९को महामारीसँग जुधिरहेको अवस्थामा परिरहेको अफठ्याराहरुलाई सरकारले स्थानीय दुतावासको संयोजनमा हल गर्न पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ।  

प्रेस विज्ञप्ति जारि गर्दै नाल ट्रेड युनियन कांग्रेसले भनेको छ ‘सम्पूर्ण मानव जगत यति वेला कोरोना भाइरस (कोभिड १९)को महामारीवाट आक्रान्त छ । विश्वका २१० भन्दा वढि देशका जनताहरुलाई महामारीको प्रकोपले छोप्दै गर्दा झण्डै एक तिहाई विश्व समुदाय लकडाउनमा वस्न वाध्य भएको छ र सिङ्गो विश्वको आर्थिक गतिविधि प्राय ठप्प भएको छ ।‘

स्वदेशमा रोजगारी र उद्यमशिलताको अभावमा विदेशिन वाध्य भएका झण्डै ४१ लाख आप्रवासी नेपाली श्रमीकहरु कार्यरत रहेको जापान, कोरिया, मलेशिया, खाडी मुलुकहरु लगायतका देशहरु पनि हालको महामारीको प्रकोपवाट अछुतो छैन्न । मुलुकको कूल ग्राहस्थ उत्पादनमा रेमिटान्स मार्फत करिव २९ प्रतिशत योगदान पुर्‍याउने वैदेशिक रोजगारीमा रहेका आप्रवासी नेपाली श्रमीकहरु कोभिड —१९ को महामारीको प्रकोपका कारण समस्यामा पर्दै गएको सन्दर्भमा यस नेपाल ट्रेड यूनियन काँग्रेसको गम्भिर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ।  

हरेक राष्ट्र वर्तमान संकटपूर्ण घडिमा आफ्ना नागरिकको जीवन कसरी जोगाउने तर्फ चिन्तित छन् ।

आर्थिक गतिविधि करिव ठप्प रहेको वर्तमान अवस्थामा गन्तव्य मुलुकका लागि वैदेशिक श्रमीकहरुको स्वास्थ्य सुरक्षा प्राथमिकताको विषय नहुन पनि सक्दछ भन्ने तथ्यलाई मध्ये नजर गर्दै आफ्ना कुटनीतिक निकायहरु मार्फत वैदेशिक रोजगारीमा रहेका आप्रवाशी नेपाली श्रमीकहरुको सुरक्षाका लागि अविलम्व आवश्यक कदम चाल्न निम्न बमोजिम सुझावहरु माननीय मन्त्री ज्यू समक्ष प्रस्तुत गरेको व्यहोरा अनुरोध गर्दछौ ।

१) नेपालको दुतावास तथा कुटनीतिक निकाय मार्फत गन्तव्य मुलुकमा रहेका आप्रवाशी नेपाली श्रमीकहरुको रोजगारी र स्वास्थ्य सुरक्षाको अवस्थालाई अध्यावधिक गर्ने तथा  कोभिड १९ को महामारीका कारण रोजगारी गुमाएका, खान वस्न नपाएका तथा विरामी परेका श्रमीकहरुको उद्धार गर्न लगाउने ।

२) गन्तव्य मुलुकको सरकार तथा रोजगारदाता संग समन्वय गरी महामारीको प्रकोप र लकडाउनका कारण काम वन्द भएका अवस्थामा श्रमीकहरुलाई तलवी विदा, औषधी उपचार र सामाजिक संरक्षण एवं उनीहरुको स्वास्थ्य सुरक्षाका अन्र्तराष्ट्रिय उपाए अवलम्वन गराउन आवश्यक पहल गर्न निर्देशित गर्ने ।

३) गन्तव्य मुलुकमा रहेका आप्रवाशी श्रमीकहरुको रोजगारी कटौती हुन नदिन आवश्यक पहल गर्नुका साथै कोभिड १९ को प्रकोपवाट विरामी भएका आप्रवाशी श्रमीकहरुको स्वास्थ्य उपचारका सम्वन्धमा चासो लिने तथा आवस्यकतानुसार सहयोग पुर्‍याउन निर्देशित गर्ने ।

४)गन्तव्य मुलुकका सरकारले कोभिड १९ महामारीका सम्वन्धमा गरेका कानूनि, नीतिगत व्यवस्थाका सम्वन्धमा आप्रवाशी नेपाली श्रमीकहरुलाई अवगत गराउने लगायतका स्वास्थ्य सुरक्षाका लागि सचेतना अभियान संचालन गर्न लगाउने ।

५)वैदेशिक रोजगारीवाट फर्किआएका नेपाली श्रमीकहरुको अनुभव, शिप र साधनको प्रयोग गरी स्वदेशमै रोजगारीको सिर्जना र उद्यमशिलताको विकास गर्न आगामी आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक वजेट तथा नीति कार्यक्रममा आवश्यक नीतिगत व्यवस्था गर्नु पर्ने ।                                         

६)बैंक वित्तीय संस्थावाट कर्जा लिई वैदेशिक रोजगारीमा गएका र हालको महामारीका कारण गन्तव्य मुलुकमा रोजगारी गुमाई स्वदेश फर्किएका श्रमीकहरुको  कर्जा तथा व्याज मिनाहाका लागि आवस्यक राहत प्याकेजको घोषणा गर्नु पर्ने ।

७)रोजगारी गुमाएका वा स्वदेश फर्कन चाहने आप्रवाशी नेपाली श्रमीकहरुलाई सुरक्षित तवरले क्वारेन्टाईनमा राख्ने गरी स्वदेश फर्कनका लागि आवश्यक व्यवस्था मिलाई दिनु पर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ