arrow

राहत वितरणमा विवाद हुँदा जनप्रतिनीधि नै तोडफोडमा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
rahat-people.jpg

जनकपुरधाम। राहत वितरणको विषयमा विवाद हुँदा धनुषाको एक  गाउँपालिका कार्यालयमा जनप्रतिनिधिले नै तोडफोड गरेका छन्।

लकडाउनका कारण पीडामा परेको परिवारलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा स्थानीय तहका जनप्रतिनिधिले नै गाउँपालिका कार्यालय तोडफोड गरेका हुन् ।

धनौजी   गाउँपालिकाका अध्यक्ष बद्री सिंह र वडा नम्बर ३ का अध्यक्ष रामदुलार मण्डल पक्षका व्यक्तिहरूबीच विवाद भएपछि गाउँपालिकाको कार्यालयमा तोडफोड भएका प्रहरी स्रोतले जानकारी दिए ।

तोडफोडबाट कार्यालयभित्रको पार्टिसनमा क्षति पुग्नुका साथै करिब एक दर्जन प्लाष्टिकका कुर्सी भाँचिएका छन् ।

गाउँपालिका अध्यक्ष बद्री  सिंहलाई वडाध्यक्ष  रामदुलार मण्डल पक्षधरले केहीबेर कार्यालयमै थुनेका थिए ।

घटनालगत्तै  प्रहरी हरु  पुगेपछि उनीहरुबीचको विवाद केहि  मत्थर   भएको थियो।  वडा अध्यक्ष मण्डलले  गाउपालिका  अध्यक्षसँग चर्काचर्की सुरु गरेपछि झडपको स्थिति सृजना भएको थियो ।

वडाध्यक्ष मण्डलले  राहतका लागि ९ सय २३ घरधुरी को विवरण लिएर आएपछि विवाद सृजना भएका  एक स्थानीयले बताए ।

एक स्थानीयका अनुसार वडा अध्यक्ष मण्डलले वडा सदस्य लगायात आफ्नो नजिकको  र त्यो वडाको करिब सबैको  नाम दिएपछि बिवाद भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ