यी अभिनेत्रीका कारण कमल हासनलाई श्रीमतीले दिएकी थिइन् डिभोर्स

प्रकाशित मिति : २०७७ बैशाख ५ शुक्रबार

एजेन्सी । सन् २००४ मा कमल हासन र सिमरनको सामिप्यताले आहत भएर श्रीमती सारिकाले डिभोर्स दिएकी थिइन् । कमल आफु भन्दा २२ बर्ष कान्छी सिमरनसँग प्रेममा रहेका थिए  । 

सन् २००२ मा आएको तमिल चलचित्र 'पंचतंत्रम'मा सिमरनले कमल हासनसँग  काम गरेकी थिइन् । 

कमल-सिमरनको सम्बन्ध धेरै भने टिकेन । सिमरनले २ डिसेम्बर २००३ मा आफ्नो बाल्यकालको साथि दीपक बग्गासँग विवाह गरिन् । 

अभिनेत्री  सिमरन बग्गाल चलचित्र ‘तेरे मेरे सपने’ मा अरशद वारसीसँग काम गरेकी थिइन् ।१९७६ मा जन्मिएकी  सिमरन पंजाबी परिवेशमा हुर्किएकी हुन् ।

 तमिल र तेलुगु चलचित्रको स्टार एक्ट्रेस सिमरनको बास्तविक नाम ऋषिबाला नवल हो। उनका दुई छोरा अधीप र आदित रहेका छन् ।

नयाँ