arrow

जिपी फाउन्डेसनद्वारा झापामा राहत बितरण

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
gp-foundation-jhapa-corona.jpg

झापा। कोरना भाइरसले बनाएको बिषम परिस्थितिलाई मध्यनजर गर्दै गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला शाखाले बिहिबार कमल गाउँपालिकामा राहत सामाग्री हस्तान्तरण गरेको जनाएको छ।

राहत सामाग्री अन्तरगत १२ क्विन्टल चामल, ७५ केजी दाल र ७५ केजी  नुन वडा न १ लाई पहिलो र दोस्रो चरण गरी हस्तान्तरण गरेको जनाएको छ। हाल देशभर आज बिहिबार सम्ममा ३० जना ब्यक्तिमा  कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले देशभर बन्दाबन्दी गरेको अवस्थामा दैनिक ज्यालादारी गरि जीवन गुजारा गर्ने बिपन्न बर्गको दैनिकी दिनानुदिन कस्टकर बन्दै गएको बताइएको छ।

दुई चरणमा उपलब्ध गराएको उक्त परिमाणको राहत सामाग्री जिपी फाउन्डेसन झापाका जिल्ला संयोजक एबम साबिक तोपगाछी गाबिसका नेपाली कांग्रेस पार्टी सभापति बुद्दीराज न्यौपाने, संस्थाका जिल्ला प्रबक्ता महेन्द्र भट्टराई लगायतले कमल गापावडा न. १ का वडा अध्यक्ष केदार कटुवाललाई वडा कार्यालय परिसरमा खाध्यसामाग्री हस्तान्तरण गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ