arrow

उदयपुरका कोराना संक्रमित जमातीहरुलाई विराटनगर लगियो, प्रदेश एककै पहिलो घटना

एकैठाउँमा धेरै संख्यामा संक्रमित फेला परेका पनि पहिलो घटना 

logo
विश्वराज तामाङ,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
udayapur-jamati-corona.gif

उदयपुर। उदयपुरमा कोरोना पोजेटिभ देखिएका १२ भारतीय जमाती र अन्य चार नेपाली सहित १६ जनालाई विराटनगरस्थित कोरोना अस्पतालको आईसोलेसनमा लगिएको छ। उनीहरुलाई चार एम्बुलेन्समा राखेर विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक वीर बहादुर बुढामगरले जानकारी दिए ।  

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के स्थित मस्जीदमा एक महिना अघि आईपुगेका १२ भारतीय र चार विराटनगरका सहित १६ जनाको आरडीटी परिक्षण गर्दा नेगेटिभ पाईए पनि पिसिआर परिक्षणमा भने १२ जनामा कोरोना पोजेटीभ देखिएको बुढामगरले बताए। 

मस्जीदमा भारतीय नागरिकहरु रहेको भन्ने पटक पटकको जानकारी पश्चात उनीहरुलाई प्रशासनले उच्च निगरानीमा राखेको थियो । धार्मिक यात्राको क्रममा चार महिना अघि नेपाल आएका उनीहरुमा कोरोनाको कुनै लक्षण भने नदेखिएको र सामान्य अवस्थाको व्यक्ति जस्तै देखिने गरेको नेपाल मुस्लीम संघ उदयपुरका अध्यक्ष नजवुल खानले बताए। 

मस्जीदमा रहेको १६ जमाती मध्ये १२ मा कोरोना पोजेटीभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा स्वाब परिक्षण हुँदा पोजेटिभ देखिएपछि काठमाडौं टेकु अस्पतालमा पुनः परिक्षणको लागि पठाइएको थियो । पुनः परिक्षणबाट पनि पोजेटीभ देखिएपछि उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

भारतबाट आएर मस्जिदमा जमातीहरु बसेको भन्दै स्थानीयले पटक पटक प्रशासनलाई सूचना गरे पनि प्रसासनले  खासै चासो दिएको थिएन। स्थानियको व्यापक दवाव पछि मात्र मस्जिदमा रहेका जमातीहरुको स्वाब नमुना लिइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका साथ मस्जिदबाट केहीदिन अघि १२ भारतीय नागरिकसहित १६ जनाको स्वाब नमुना संकलन गरी कोशी अस्पताल विराटनगर पठाएको थियो । 

उदयपुरमा कोरोना संक्रमण फेला परेको घटना उदयपुर मात्र नभई प्रदेश १ कै पहिलो घटना हो । यति ठूलो संख्यामा एकैचोटी त्यो पनि एकै ठाउँबाट भेटिएपछि प्रशासनले मस्जिदलाई सिलबन्दी गरेको छ । 

धार्मिक यात्रामा उदयपुर आईपुगेका जमातीहरु मस्जिद भित्रै रहने र दैनिक इस्लामीक धर्म अनुसार धर्म प्रचारमा सक्रिय हुँदै आएका थिए। मस्जिदमा रहेका १२ जमातीमा कोरोनामा पोजेटीभ देखिए पछि स्थानिय प्रशासनले त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित मुस्लीम टोलमा शनिवार सबैको आरडीटी परिक्षण गर्ने तयारी गरेको छ । उनीहरुको सम्पर्कमा गएका व्यक्तिहरुको पहिचान गर्ने काम गरिने टोललाईनै सील गरेर आरडीटी र आवश्यकताको आधारमा स्वाब परिक्षण गरिने जनाएको छ । 

१२ जनामा कोरोना रिपोर्ट पोजेटीभ आए पछि स्थानिय नागरिकहरु त्रसित भएका छन्। स्थानियहरुले उच्च सतकर्ता अपनाउन सुरु गरेको त्रियुगा नगरपालिका ३ का स्थानिय गोविन्द गुरागाईले बताए । एक महिना अघि आएका उनीहरुको सम्पर्कमा स्थानिय मुस्लिमहरुको सम्पर्क हुन सक्ने भएकाले सबैमा यथाशिघ्र कोरोना परिक्षण गर्नुपर्ने आवश्यक्ता रहेको गुरागाई बताउछन् । 

उदयपुरमा क्वारेनटाइनमा रहेका भारतका विभिन्न स्थानमा धार्मिक यात्रामा पुगेर आएका जमातीहरुको भने आरडीटी परिक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । उनीहरु त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेनटाइनमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ