बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक विरुद्ध मुद्दा
रासस,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
767
Shares
धादिङ। बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए।
स्वास्थ्यचौकीको एम्बुलेन्सले सुरक्षा सामग्री नभएको भनेर बिरामी बोक्न नमानेको तर निजी मेडिकलको सामान बोकेर हिँडेको गाउँबासीले फेला पारी एम्बुलेन्ससमेत तोडफोड गरिदिएका थिए । बिहीबार पक्राउ गरिएका अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको छ।