विराटनगर महानगरले थाल्यो वडा वडामा कोरोना परिक्षण अभियान 


प्रकाशित

विराटनगर। विराटनगर महानगरले नगरका वडाहरुमा कोरोनाको परिक्षण शुरु गरेको छ। महानगरको स्वास्थ्य टोलीको निगरानीमा रहेकाहरुको र्‍यापिड टेस्ट किट (आरडिटी) बाट परिक्षण  गरिएको हो। होम क्वारेनटाइनमा रहेका र बिदेशवाट आएका २७ जनाको शुक्रवार परिक्षण गरिएको छ। विराटनगरका वडा नं १ र ३ मा रहेकाहरुको पहिलो चरणमा परिक्षण गरिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए।

महानगरका १९ वटै वडाहरुमा केही दिनभित्रै परिक्षण सक्नेगरी काम भइरहेको मेयर पराजुलीले जानकारी दिए। अहिले सम्म महानगर सुरक्षित रहेपनि सिमाक्षेत्रवाट हुने समस्या समाधानका लागि अधितम प्रयास भइरहेको मेयर पराजुलीको भनाइ छ।

परिक्षण पछि नेगेटिभ आएकाहरुलाई घर फर्काइने छ भने पोजेटिभ या संकास्पद भएकाहरुलाई आइसोलेसन वा क्वारेनटाइन कहाँ राख्ने भन्ने कुरा हुने  विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। यस अघि महानगरको निगरानीमा क्वारेन्टाइन बसिरहेकाहरु घर फर्किसकेका छन्।

काठमाडौंका १ जना र जनकपुर २  जनालाई महानगरले पठाएको छ। यस्तै शुक्रवार मात्रै विराटनगरको बैझनाथपुरमा रहेको क्वारेन्टाइनमा ५ जना कोरोना आशंका गरिएका मानिसहरु राखिएको छ।

कोरोना परिक्षणका क्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल,वडा नं.१ का वडाध्यक्ष उद्धव अर्याल,वडा नं३ का वडाध्यक्ष बिनेद बस्नेत लगायतको उपस्थिती रहेको थियो। 


प्रतिक्रिया :

नयाँ