arrow

प्यूठानमा यस वर्ष ९ वटा झोलुङ्गे पुल बन्ने, तुइन हट्लान् ?

logo
श्रीधर भट्टराई,
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
jhopu-new.jpg.jpeg
 प्यूठान । जिल्लाका विभिन्न स्थानमा यो वर्ष नौ वटा झोलुङ्गे पुल निर्माण हुने भएपछी  स्थानीय खुसी भएका छन् । वर्षातको समयमा वारपार गर्न नसकिने र पौडीखेलेर खोला वार पार गर्नुपर्ने वाध्यता टरेपछी स्थानीय खुसी भएका हुन् ।
 
जिल्ला विकास समितिले यो वर्ष जिल्लाका विभिन्न गाविसमा नौ वटा नयाँ झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको जनाएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत यी पुल बन्न लागेका हुन् । जुडाँ झोलुङ्गे पुल दाङवाङ गासिको झिमरुक खोलामा २३ लाख ५५ हजार, बाटुले झोलुङ्गे पुल तोरबाङ २० लाख ५६ हजार रुपैयाँको लागतमा पुल बन्दै छन् ।
 
यस्तै, गनछयाङ झोलङ्गे पुल अर्खा गाविसमा २१ लाख ७९ हजार, गडेरीखोला झोलुङ्गेपुल चुजाँमा २५ लाख ९७ हजार, कल्लेरीघाँट झोलुङ्गे पुल मर्कावाङ २५ लाख ७३ हजार, गहतेरा झोलुङ्गे पुल विजुली ३४ लाख ४२ हजार, स्यालाचिउरीचौर झोलुङ्गे पुल लुङ २५ लाख २७ हजार र कुरुलीखोला झोलुङ्गे पुल तिराम २४ लाख ६६ हजार रुपैयाँको लागतमा पुल बन्ने भएको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगामा झोलुङ्गे पुल कार्यक्रमका  प्राविधिक संयोजक मोहोन केसीले जानकारी दिए । 
  
यी झोलुङ्गे पुल निर्माणका लागि स्थानीय स्तरमा जिविसको ४ प्रतिशत, गाविस र स्थानीयको दुई दुई प्रतिशत लगानी र जनश्रमदान रहेको छ । नेपाल सरकारको केन्द्रीय योगदानको ९२ प्रतिशत लगानी रहेको छ । पुल निर्माण भएपछि वर्षायाममा खोला वारपार गर्न र स्थानीयस्तरमा उत्पादीत कृषिउपज सहरसम्म ल्याउन सहज हुने छ । शहरका सामान गाउँसम्म लैजान र विद्यार्थीलाई विद्यालय आउ–जाउ गर्न सजिलो हुने छ । यी पुल चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने जिविसले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ