arrow

तुलसीपुर उद्योग बाणिज्य सघंको अगुवाईमा पैदल यात्रीलाई भोजन

logo
शरद रेग्मी,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
dang-fncci.jpg

दाङ। तुलसीपुर उद्योग बाणिज्य सघंको अगुवाईमा दाङ जिल्लामा क्रियाशिल दशवटा सामाजिक संस्थाहरुले पैदल यात्रीहरुलाई खाना बस्न र गन्तब्यसम्म जान गाडीको ब्यबस्थापन गर्न सुरुवात गरेका छन्। देशभरबाट गन्तब्यसम्म पैदल हिडेर तुलसीपुर आईपुगेका पैदल यात्रीहरुलाई सामाजिक संघ संस्थाहरुको सामुहिक प्रयासपछि अरणिको मैदान र नजिकै रहेको श्रि गणेश पार्टि प्यालेसमा ब्यबस्थापन गर्ने सहमति भएको हो।

सामाजिक दुरि कायम राख्दै तुलसीपुर उद्योग बाणिज्य सघंले आयोजना गरिएको संघ संस्थाहरुका अध्यक्षहरुको बैठकले लकडाउन अबधीभर एक छाक खाना, पानि बिस्कुटको ब्यबस्थापन गर्न सबैले सहयोग गर्ने बताएका थिए।

शनिबार बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह, स्थानीय प्रशासन र सुरक्षानीकाय सगंको समन्वयमा “मानबिय सेवा आजको आबश्यकता “भन्ने मुल मान्यता अनुसार सेवा शुभारम्भ गरिएको छ।

तुलसीपुर उद्योग बाणिज्य सघं निबर्तमान अध्यक्ष एव सामाजिक अभियान्ता बिमल रिजालले मानविय सेवा पहिलो धर्म भएको भन्दै यो बिषम परिस्थितिमा एक आपसमा सहयोगिको भुमिका खेल्नुपर्नेमा जोड दिए। उनले चामल र तेलको ब्यबस्थापन रिजाल मिलले मिलाउने समेत प्रतिबद्दता ब्यक्त गरे। यस्तै बैठकमा त्रिसिद्देश्वरि राप्ति यातायात प्रालिका अध्यक्ष सुरेश हमालले यस जिल्लाका यातायात ब्यबसायीहरु यो अभियानमा सगं सगै रहेको बताए।

अध्यक्ष हमालले भने “शुक्रबार साझ देखि नै सबै यातायात ब्यबसायिहरुको समन्वयमा बाटोमा रोकिएका पैदल यात्रुलाई गन्तब्यसम्म पुर्‍याउने काम सुरु भैसकोको छ।” हामिले स्थानीय सरकार प्रशासन र उद्योग बाणिज्य सघंहरुको समन्वयमा आजदेखि सल्यानको श्रीनगर र पश्चिम दागको सिमाना हंसपुरसम्म यात्रुहरु लग्ने छौ र त्यसपछिको ब्यबस्थापन स्थानीय नगरपालिका र गाँउपालिकाले गर्नुपर्छ।

कार्यक्रममा लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञ बहादुर केसि, रोटरि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष देबबहादुर केसि, तुलसिपुर नगर जेसिजका अध्यक्ष मोहन सुनार, पुर्ब अध्यक्ष दिपेश भण्डारी, बाणिज्य संघका सचिब बिनिल केसिल, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नविन राई, लियो क्लब अफ दाङ तुलसीपुरका कार्यबाहक अध्यक्ष सन्तोष केसि, चलचित्र पत्रकार सघं दागंका अध्यक्ष शिव पुन लगायतले यो शंकटको घडिमा मानब सेवा गर्न स्थापना भएका सामाजिक सस्थाहरुले आफु सुरक्षित हुदै सहयोग गर्न अगाडि बढनुपर्ने बेला आएको बताए।

तुलसीपुर पुगेका पैदल यात्रिहरुलाई आबश्यक स्वास्थ्य परिक्षणको ब्यबस्था राप्ति प्रादेशिक अस्पतालको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रबर्दन महाशाखाले गर्ने छ। सो अबसर सबैको स्वास्थ्य परिक्षण गर्ने र केही समस्या देखिए स्थानीय क्वारेन्टाईनमा राख्ने तयारि समेत गरिएको छ। साथै त्ससको जानकारी स्थानीय सरकारलाई गराउने पनि तयारि गरिएको छ। त्यसैगरि खाना ब्यबस्थापन, साबुन पानिले हात धुने स्थान, मास्क र अन्य आबश्यक तयारिका लागि सबै सस्थाहरुले प्रत्येक दिन तिन जना स्वयमसेबकहरु खटाउने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ