arrow

हेमा मालिनिले दिइन् दीपिकालाई बिवाहको शुभकामना !

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
deepika-hema.jpg.jpeg
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले बिवाह गरेकि छन् । यो कुराको खुलासा हेमा मालिनीले गरेकि हुन् । हेमा मालिनीले सामाजिक सञ्जालमा दीपिकालाई बिवाहको शुभकामना दिएकि छन् । हेमाले गरेको ट्वीटले अहिले सबैलाई अचम्ममा पारेको छ । 
 
हेमा मालिनीले बिहिबार बिहान  एक ट्वीट गरिन् । जसमा  हेमाले लेखेकि छन्,'  दीपिका, तिमिलाई बिवाहको शुभकामना । भगवानसँग तिमिहरु दुबैको सुन्दर भविष्य र खुशिहरुको कामना गर्दछु ।'  हेमा मालिनीको सो ट्वीट पछि दीपिका पादुकोणका फ्यानले उनलाई बधाई दिन सुरु गरे । कसैले उनि र रणवीर सिंहलाई बधाई दिए । कसैले सो कुराको पत्याउन नसकेको बताए।
 
 
 सोचौ के दीपिका पादुकोणले बिबाह गरिन् भने यसको खबर कसैले नपाउने यो हुन सक्छ ? दीपिका यो समय टोरन्टोमा हलिउड चलचित्र  थ्री एक्सको सुटिंगको क्रममा रहेकि छन् । उनका ब्याइफ्रेन्ड  रणवीर सिंह पेरिसमा आगामि चलचित्र बेफिक्रेको सुटिंग गरिरहेका छन् । त्यसो भए यो कसरी सम्भव छ दीपिकाको बिवाह हुन । हेमाको यस  ट्वीटले दिपिकाको फ्यान त हैरान भएनै दीपिका स्वयम् पनि तनावमा रहेको हुनुपर्छ  । रणवीर सिंहको त होस उडेको होला । रणवीर सोच्दै होलान् कि म यहाँ छु फेरि दीपिकाले बिवाहको सँग गरिन् भनेर ।
 
बास्तवमा हेमा मालिनीले यो  ट्वीट दीपिका पादुकोणको लागि नभएर आफ्नु फलोअर दीपिकाको लागि गरेकि हुन् । आफ्नो ट्वीटमा फ्यानले दिएको यस प्रकारको रिप्लाईलाई  हेमाले ट्वीट गरेर सो कुराको जानकारी गराएकि हुन् । हेमाले लेखिन् ,' आफुले दिएको शुभकामना दिपिका पादुकोण नभएर दिपिका हुन् जसले मलाई ट्विटरमा फलो गरेकी छन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ