arrow

३ दिन वित्दासमेत कोरोना आशंकित व्यक्तिको गरिएन परिक्षण, प्रहरीले कारण नै नखुलाई पुर्‍याउँछ क्वारेन्टाइन

प्रहरीले कारण नै नखुलाई पुर्‍याउँछ क्वारेन्टाईनमा बुटवलको एक क्वारेन्टाईनमा राखिएकाहरुको नमुना परिक्षणमा ढिलाई

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
quranine.jpg

रुपन्देही। होम क्वारेन्टाईनमा बस्दै आएका बुटवलको एक मेडिकल सञ्चालक यती बेला कोरोना भाईरसका विरामीहरुलाई राख्न वनाईएको क्वारेन्टाईनमा राखिएका छन् । सरकारले कोरोना भाईरसको उच्च जोखिमलाई ध्यान दिदै गत चैत ११ गते लकडाउन घोषणा गरेपछि मेडिकल बन्द गरेर होम क्वारेन्टाईनमा बस्दै आएका ती युवकलाई डेराबाटै वैशाख ४ गते प्रहरीले बुटवल उप–महानगरपालिका वडा नं १२ तामनगरमा स्थापना गरेको क्वारेन्टाईनमा लगेर राखेको छ । 

लकडाउनलाई पूर्ण रुपमा पालना गर्दै होम क्वारेन्टाईनमा वस्दै आएका उनलाई बुटवलको नयाँगाउँमा रहेको अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले त्यहाँ पुर्या‍एको उनले बताए । उनले भने मलाई लिन प्रहरी लिन आयो, कहाँ जानुपर्ने हो भन्ने बारे केही थाहा नभएको उल्लेख गर्दै उनले प्रहरीले एकै पटक क्वारेन्टाईनमा पुर्‍याए पछि मात्रै आफुलाई क्वारेन्टाईनमा ल्याएको थाहा पाएको वताए।

क्वारेन्टाइनमा ल्याउँदा समेत आफुलाई पत्तो नभएको र सोधेपछि मात्रै आफुलाई थाहा भएको जनाउँदै उनले आफु वसको घरमा केही मान्छेहरु विरगंजबाट आएको आधारमा क्वारेन्टाईनमा पुर्या‍एको अरुले नै बताएको उनले बताए।

बिरगंजको एक उद्योगमा काम गर्न गएका अर्घाखाँचीका दुई जना पुरुषहरुलाई पनि साही क्वारेन्टाईनमा राखिएको छ। बुटवलको नयाँगाउँ रहेको सन्तोष भुसालको घरमा ती दुई युवकहरु वैशाख ३ गते दिउँसो २ बजे आईपुगेको र खाना खाएर सुत्ने वेलामा रातीको ९ वजे प्रहरी पुगेर त्यहाँ पुगेर बिरगंजबाट आएका भन्दै नाम किटेरै बाहिर बोलाएको उनले बताए। बाहिर आएपछि प्रहरीले तपाईहरु बिरगंजबाट आएको तपाईहरुप्रति कोरोनाको आशंका छ भनी प्रहरी चौकीमा बोएर क्वारेन्टाईनमा पुर्या‍एको ती युवाहरुले बताए।

यसरी एकाएक कोरोना भाईरस संक्रमणको आशंका गरी तामनगर क्वारेन्टाईनमा पुर्या‍ईएका व्यक्तिहरुलाई त्यहाँ राखिएका सबै जनासंग राखिएको र ३ दिन वितिसक्दा समेत आशंका गरिएका व्यक्तिहरुको कोभिड–१९ को परिक्षणमा ढिला गर्दा क्वारेन्टाईनमा राखिएका अन्य व्यक्तिहरु तनावमा परेका छन् ।

सोहि घरमा बस्दै आएका ६ जना मध्ये घरभेटी र मेडिकल सञ्चाल गरी २ जना र बिरगंजबाट आएका २ जना गरी ४ जनालाई मात्रै क्वारेन्टाईनमा राखिएको छ । बाँकी सो घरमा भाडामा वस्दै आएका अरु ४ जनालाई प्रहरीले क्वारेन्टाईन नलगी सोही घरमा सिल गरी राख्दा स्थानियवासीहरु त्रसित वन्न पुगेका छन् । साथै प्रहरी माथि स्थानियहरुले कसैलाइै स्वास्थ्य जाँचका लागि क्वारेन्टाईनमा लैजाने तर कसैलाई भने घरमै किन सिल गरी राखेको भन्दै प्रष्टीकरण दिन नयाँगाउँ प्रहरी चौकीसंग माग गरेका छन् ।    

यसैविच बुटवल उप–महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष दुर्गा सुवेदीले मेडिकल सञ्चालकलाई ल्याउनु पर्ने अवस्था नदेखिएको बताए। यद्यपी सो घरमा बस्ने सवैलाई स्वास्थ्य जाँचका लागि क्वारेन्टाईनमा नल्याउँदा समाजमा शंका उत्पन्न गराएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ