arrow

लकडाउन बढेपछि पाल्पाका कक्षा ११ र १२का विद्यार्थीका लागि एफएमबाट शुरु भयो पढाई

logo
रामचन्द्र रायमाझी, 
प्रकाशित २०७७ वैशाख ६ शनिबार
dur-sichha-palpa-unique-fm.gif

पाल्पा। कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण परीक्षाको तयारीमा जुटेका लाखौं विद्यार्थीको पढाई प्रभावित भएका बेला पाल्पामा दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन भएको छ। कक्षा १२ को र ११ को परीक्षा हाललाई लकडाउनका कारण स्थगित भएपनि परीक्षार्थीलाई लक्षित गरी युनिक एफएम ९४.२ मेगाहर्ज पाल्पाले दूरशिक्षा रेडियो कार्यक्रम शुरु गरेको हो। 

सिक्ने र सिकाउने व्यक्तिहरू दुई भिन्नभिन्न स्थानमा बसेर विभिन्न श्रव्य, दृश्य, जस्ता सामग्रीहरूको माध्यमबाट शिक्षा प्रदान गर्ने विधि दूरशिक्षा हो । यही दूरशिक्षाको माध्यमबाट कक्षा ११ र १२ को परीक्षालाई मध्यनजर गर्दै तानसेन नगरपालिकाको सहयोग, युनिक एफएम पाल्पाको सहकार्यमा रेडियोबाट पढाई शुरु भएको हो। इभरग्रीन एजुकेसन सेन्टरको जनशक्ति संयोजन तथा परामर्शमा रेडियो कार्यक्रम शुक्रबारदेखि सञ्चालनमा आएको हो । 

परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरुलाई लामो समयसम्मको लकडाउनले गर्दा प्रभावित भएपछि दूरशिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको नगर प्रमुख अशोक शाहीले बताए । स्थानीय रेडियोमार्फत सञ्चालन गरिएको कार्यक्रम विद्यार्थीहरुका लागि फलदायी हुने शाहीले विश्वास व्यक्त गरे । 

दूरशिक्षा रेडियो कार्यक्रम कक्षा ११ का लागि आइतबार, मंगलबार, बिहिबार, शनिबार ८ बजेदेखि ३ बजेसम्म र कक्षा १२ को लागि सोमबार, बुधबार, शुक्रबार ८ बजेदेखि ३ बजेसम्म प्रसारण हुने एफएमका अध्यक्ष जगदीश भट्टराईले जानकारी दिए । स्थानीय शिक्षकहरु रेडियो स्टेशनमा आई अनिवार्य अंग्रेजी, गणित, लेखाशास्त्र र भौतिक विज्ञान विषय रेडियोबाट बोलेरै सिकाउने अध्यक्ष भट्टराईले बताए । 

शिक्षकहरु तिलक सापकोटा, कमल बस्याल, प्रमोद ज्ञवाली, देवराज शर्माले विषयगत रुपमा रेडियोबाटै विद्यार्थीहरुलाई सिकाउने छन् । रेडियोले शिक्षकसँग टेलिफोन र फेसबुकमार्फत पनि प्रश्न सोध्न सकिने व्यवस्था मिलाएको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ