arrow

आणविक हतियार परीक्षणको हठ त्याग्न राष्ट्रसङघका महासचिवको आग्रह

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
banki-moon.jpg.jpeg
भियना (अस्ट्रिया)। संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले संयुक्त राज्य अमेरिका, चीनलगायतका अन्य आणविक हतियार उत्पादक मुलुकहरुलाई आणविक हतियार बनाउने होडलाई त्याग्न बुधबार आग्रह गरेका छन् । राष्ट्रसङ्घ प्रमुख बानले आणविक परीक्षण प्रतिबन्ध सम्झौता भएको २० औँ वर्षको अवसरमा सबै आणविक हतियार निर्माण गर्ने राष्ट्रहरुलाई हतियार परीक्षणको ‘पागलपन’ लाई त्याग्न र सम्झौताको पूर्णरुपमा पालना गर्न अनुरोध गरेका हुन् । 
 
आणविक हतियार प्रतिबन्ध सम्झौतामा हस्ताक्षर गर्न बाँकी आठ राष्ट्रलाई अनुरोध गर्दै सम्झौताको विना बिलम्ब स्वीकृत गर्न, भियनामा २० औँ वर्षगाँठ मनाउन गरिएको एक समारोहका बीच महासचिव बानले भने । आणविक परीक्षणले पानीलाई दुषित पार्छ साथै उक्त क्षेत्रको वातावरणलाई प्रदुषित तुल्याउँछ, यसले जीवजन्तुमा क्यान्सरको खतरालाई निम्त्याउँ छ अनि अहिलेको पुस्ताको गल्तीबाट आगामी कैयौँ पुस्तालाई पीडित हुनबाट जोगाउन सबै लाग्नुपर्छ भन्दै बानले यसलाई रोक्न सबैसँग आग्रह गरे । 
 
सम्झौतामा १८३ राष्ट्रले हस्ताक्षर गरेका छन् भने रसिया, फ्रान्स, बेलायतलगायतका १६४ राष्ट्रले सम्झौतालाई अनुमोदनसमेत गरेका छन् । 
तर, अमेरिका, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया, इजरायल, इरान र इजिप्टले हस्ताक्षर गरेका छैनन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ