कांग्रेस नेता पौडेलद्वारा तनहुँका ५ स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण
प्रकाशित २०७७ वैशाख ६ शनिबार
464
Shares
तनहुँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो गृह जिल्ला तनहुँका ५ स्थानीय तहलाई कोरोना नियन्त्रण सम्बन्धी विभिन्न स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेका छन्।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पौडेलले तनहुँका ५ स्थानीय तह शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, रिसिङ्ग गाउँपालिका, घिरिङ्ग गाउँपालिका, म्याग्दे गाउँपालिकालाई थर्मगन, सर्जिकल मास्क, पीपीई रडिजिटल थर्मोमिटर लगायतका सामग्री हस्तान्तरण गरेका हुन्।
नेता पौडेलले आफ्नो सर्कलमा रहेका साथिभाइ तथा शुभचिन्तकहरुबाट सहयोग सामाग्री जुटाएर गृह जिल्ला तनहुँमा वितरण गरेका हुन् ।