arrow

उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण

logo
रासस,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
corona-virus-human-body.jpg

काठमाडौं। नेपालमा कोभिड–१९ को सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए।

उनले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिए। उनका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन्। उनका अनुसार सङ्क्रमित नेपाल वा भारती हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन। योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ। शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो।

मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए। उनले सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक ट्रेसिङ पनि शुरु गरिएको जानकारी दिए।

नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा सङ्क्रमित देखिएको थियो। आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत १९ वर्षीया प्रसिद्धि श्रेष्ठ पूर्णरुपमा स्वथ्य भई घर फर्किएकी छिन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ