arrow

घुम्ने कुर्चीमाथि बस्नेहरु हो आँखा खोलेर त हेर 

logo
डम्बर अधिकारी,  
प्रकाशित २०७७ वैशाख ७ आइतबार
dambar-adhikari.jpg

विश्वमान चित्रमा 
खोज्दै जानुस् त 
नेपाल भन्ने एउटा देश भेटिन्छ 
अनि 
अलि नियालेर हेर्दै जानुस् त 
त्यो देशको राजधानी काठमाडौं भेटिन्छ
काठमाडौंलाई पनि अलि नियालेर हेर्दै जानुस् त 
सेतो गगनचुम्बी महल भेटिन्छ 
त्यो महल हो सिंहदरबार 
त्यही महलका प्रत्येक कोठाभित्र 
प्रधानमन्त्री र सरकारका मन्त्री बस्ने घुम्ने कुर्ची छ 
जुन घुम्ने कुर्चीमा 
राणा, पञ्चायत, वहुदलवादी र लोकतन्त्रवादी नामका छुट्टाछुट्टै अनुहारका 
प्रधानमन्त्री र मन्त्रीहरु पालै पालो बसे 
यतिबेला सिहदरबार भित्रको 
ती प्रत्येक कोठाको कुर्चीमा 
आफूलाई सर्वहारा वर्गको ठेकेदार ठान्ने 
  कम्युनिष्टधारी पार्टी
 नेकपाका प्रधानमन्त्री र मन्त्री आसिन छन् 
 बाहिरबाट हेर्दा उनीहरुको 
दृष्टिमा कुनै समस्या छैन 
तर घुम्ने कुर्चीमाथि बसेपछि 
प्रधानमन्त्री र मन्त्रीहरु केही देख्दैनन्
नपत्याए हेर्नुस् त 
कोभिड —१९ को कहरका कारण 
गर्भवती, सुत्केरी, अपाङगता भएका व्यक्ति र
अन्य नागरिकहरु भोकभोकै सयौं किलोमिटर हिँडिरहेका छन्
हिँड्दै गर्दा आकुल व्याकुल बनिरहेका छन् 
त्यतिमात्र होइन 
कति जनाको प्राण पखेरुसमेत 
उडिसकेको छ 
तर सिँहदरबार भित्रको 
घुम्ने कुर्चीमाथि बस्ने 
दृष्टिबिहिन बनिरहेका प्रधानमन्त्री र मन्त्री 
बेखबर छन्   
त्यतिमात्र होइन
सिंहदरबार भित्रका 
ती दृष्टिबिहिन 
कोरोनाको उपचार र नियन्त्रण गर्ने विषयमा समेत बेखबर बनिरहेको समाचार 
सञ्चार माध्यमहरुमा आईरहेका छन् ।
सिंहदरबारको घुम्ने कुर्चीमाथि बस्ने 
दृष्टिबिहिनहरु हो 
अझै कति नदेखे झैं गर्छौ 
देशका नागरिकहरु प्रश्न गर्दै छन्
बिन्ती छ सिंहदरबारभित्र बस्ने दृष्टिबिहिन हो 
तिम्रो आँखाको शल्यक्रिया गरेर भए पनि 
कोरोनाको कहरमा 
नागरिकले भोग्नु परेको पीडा एक पटक आँखा खोलेर त हेर ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ