arrow

नेविसंघद्धारा गरिब, मजदुर, निमुखा, विद्यार्थी र संकटमा परेकाहरूलाई खाद्यान्न राहत वितरण

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
93409572_603663583826132_92.jpg

बाजुरा । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ बाजुराले ५१औं स्थापना दिवशको अवसर पारी खाद्यान्न राहत वितरण गरेको छ ।

हरेक वर्ष विभिन्न कार्यक्रमका साथ मनाइदै आएको स्थापना दिवस यसवर्ष भने केन्द्रको निर्देशन अनुसार नेविसंघ बाजुराले कोरोना भाइरसको महामारी र लकडाउनमा अभाव व्यहोरेका गरिब, मजदुर, निमुखा, विद्यार्थी र संकटमा परेकाहरूलाई खाद्यान्न राहत वितरण गरि मनाएको छ। 

स्थापना दिवसमा नेविसंघ बाजुराका उपाध्यक्ष जनक थापाको पहलमा नेपाली कांग्रेसकी नेतृ जुना दानी, बाजुरा जिल्ला कार्यसमिति सदस्य तथा बडिमालीका नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश रावल, बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्ट लगायतको उपस्थितिमा खाद्यान्न वितरण गरिएको थियो ।

समस्या र संकटको घडीमा सामाजिक दुरी कायम गर्दै महामारीले समस्या र संकटमा परेकाहरूलाई थोरै भएपनि राहत महसुस गराउनु उपयुक्त ठानेर राहत वितरण कार्यक्रमको गरेको उपाध्यक्ष थापाले बताए । 

बाजुरा सदरमुकाममा घर भाडामा बस्दै आएका विद्यार्थीहरू र बाहिर जिल्लाहरूबाट कामको सिलसिलामा सदरमुकाममा बस्दै आएका र लकडाउनको कारणले गर्दा समस्यामा परेका मजदुरसँगै खाद्यान्न संकटमा परेकाहरूलाई राहत वितरण गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ