arrow

प्रभावकारी राहत र अलपत्र नागरिकको ब्यवस्थापन गर्न कांग्रेसको माग

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
nepali-congress-flag.jpg.jpeg

नेपालगन्ज । कोरोना भाइरसका कारण श्रमजिवी नागरिकको बिहान–बेलुका चुलो बाल्न कठिन भइरहेको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारबाट प्रभावकारी रुपले राहतका कार्यक्रम सञ्चालन नभएको भन्दै नेपाली कांग्रेस बाँकेले ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टी सभापति किरण कोइरालाले शनिबार एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस संक्रमणको त्रास र लकडाउनबाट प्रभावित परिवारका लागि आवश्यक सहयोग गर्न तिनै तहका सरकार, सहयोगी दाता लगायत सबैलाई अपिल गरेकी हुन् ।  

‘कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण समग्र नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ, दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु त झन् मर्कामा परिरहेका छन्, संकटको बेलामा स्थानीय तहले वास्तविक पीडितलाई दिनुपर्नेमा राहत सामाग्री सम्बन्धित ब्यक्तिलाई नदिएर आफन्त, कार्यकर्ता र हुने खाने ब्यक्तिलाई वितरण गरेको भनी विभिन्न सञ्चार माध्यमतथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेका छन्,’ विज्ञप्तीमा भनिएको छ ‘विभिन्न जिल्लाबाट औषधी उपचारका लागि बाँकेमा आएका बिरामी, अध्ययनको शिलशिलामा बसिरहेका बिद्यार्थी, बाहिरी जिल्लाबाट घर फर्किनका लागि पैदल हिडेका नागरिक बीच बाटोमा भोकै प्यासै अलपत्र परिरहेको हुँदा उनीहरुको उपयुक्त ब्यवस्थापन गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’

कोरोना भाइरसको संक्रमित एकपछि अर्को गरेर बढ्दै गएको अवस्थामा स्वास्थ्यकर्मी, चिकित्सकलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएर कामगर्ने वातावरण बनाइदिन कांग्रेसले संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण पनि गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ