arrow

लकडाउनमा झापाको बुद्धशान्तिमा महिलाको रहस्यमय मृत्यु, हत्याको आशंका

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ वैशाख ७ आइतबार
93477740_295668324754946_31.jpg

झापा । झापाको बुद्दशान्ति गाउँ पालिका २ गोपाल टोलकी अनिता अधिकारी खनालको रहस्यमय मृत्यु भएको भन्दै उनका परिवारले सत्य तथ्य छानबिन हुनुपर्ने माग राखेका छन् ।

रहस्यमय मृत्युको आशंकामा ज्वाईलाई माइती पक्षले दोषी देखाएका छन् । मृतककी आमा राधा अधिकारीले छोरीको हत्या गरिएको भन्दै छानबिन हुनुपर्ने माग गरेकी छ्न्  ।

मृतक अनिताको शव शुक्रबार धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी झापामा दाहसंस्कार गरिएको छ ।

उक्त घटना रहस्यमय ढंगबाट भएको भन्दै अनिताको माइती पक्ष उर्लाबारी ४ निवासी मृतककी आमा राधा अधिकारिले न्यायीक छानविनको माग गरेकी छिन् । 

शनिबार पत्रकारहरुसँग गुनासो राख्दै छोरीलाई मृत्युको मुखमा पुर्याउनेलाई कडा भन्दा कडा  कारवाही गर्न मृतककि आमा  राधाले माग  राखेकी छिन् ।

झापाको बुद्दशान्ति २ मा बस्दै आएकी अनिता स्थानीय एक निजी विद्यालयमा पढाउने गर्दथिन । उनका पति षडानन्द प्रसाद खनाल औषधि बिक्रेताको काम गर्देै आएका थिए ।           

सामान्य आर्थिक अवस्था भएका उनीहरुका  सात बर्षिय एक छोरा र आमा सहित चारजनाको परिवार थियो ।

यतिखेर विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उनीहरु आफ्नै घरमा बसिरहेका थिए । 

बैशाख ३ गते बुधबार अपरान्ह ४ बजे आफ्नै कोठामा ढोका थुनेर झुन्डिएको अवस्थामा अनितालाई भेटेको उनका पति षडानन्दको भनाई छ ।

 खेतमा घाँस काटेर घर आउँदा अनिता झुण्डिएको अवस्थामा देखेपछि आमा तथा छिमेकीलाई बोलाएर ढोका खोली डोरी काटी अनितालाई बचाउन बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्याइएको मृतकका पति षडानन्दले बताएका छ्न्  ।  

साथै अनितालाई तत्काल अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको मृतकका पतिले बताएका छन् ।  

उता मृतकका आफन्तले भने अनिताको सुनियोजित तवर बाट हत्या गरिएको  दाबी गरिरहेका छन् । माइती पक्षहरूले हत्याको दाबी गरिरहँदा अनिताको मृत्यु थप रहस्यमय हुँदै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ