arrow

विवाहको तीन वर्षपछि नीतालाई डक्टरले सुनाए यस्तो कुरा, अम्बानी परिवारमा छायो सन्नाटा

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
mukesh-ambani.jpg

काठमाडौं । मुकेश अम्बानी भारतमा सबैभन्दा चर्चित भारतीय अर्बपति हुन् । धनी मानिसको जीवनशैलीबारे धेरैलाई चासो हुन्छ । अम्बानीको परिवारको पनि छुट्टै किसिमको कहानी छ ।

मुकेश अम्बानीको विवाहसम्म यो परिवारमा कुनै समस्या थिएन । तर, विवाहको तीन वर्ष पूरा भएपछि भने यो परिवारमा एक दुःखको समाचार आएको थियो ।

विवाहको तीन वर्षपछि नीतालाई डक्टरले आमा बन्न नसक्ने बताएका थिए । त्यतिबेला उनको उमेर २३ वर्षको थियो ।  पछि उनले सरोगेसीको सहयोगमा जुम्ल्याहा बच्चा भएका थिए । त्यसको तीन वर्षपछि उनले पुत्र जन्माएकी थिइन् ।

नीता आफ्ना बच्चाहरुलाई विद्यालयको क्यान्टिनमा केही खानका लागि केवल ५ रुपैयाँ दिने गर्थिन् । एकपटक आफ्ना छोराले खाजाका लागि १० रुपैयाँ माग्दा उनले किन चाहियो १० रुपैयाँ भन्दै हप्काएकी थिइन् ।

मुकेश अम्बानीसँग विवाह गरेको सात वर्षसम्म पनि उनीहरुका सन्तान भएका थिएनन् । मुकेशभन्दा पनि नीता निकै कडा स्वभावको रहेको उनीहरुका छोराछोरीले बताउने गरेका छन् ।

नीता-मुकेशको लभ स्टोरी निकै रोचक छ  । आफ्नो लभ स्टोरीको खुलासा मुकेश र नीताले एक अन्तर्वार्तामा गरेका थिए ।

सो समय नीता २० बर्षकी थिइन् र मुकेश २१ का । मुकेश अम्बानीका बुवा धीरूभाई अम्बानीलाई नीता निकै मन परेको थियो । उनले नीतालाई बुहारी बनाउने सोचेका थिए । धीरूभाईको आग्रहपछि नीता र मुकेशले एक अर्कासँग भेटघाट गरे । एक पटक नीता र मुकेश कारमा कतै जादै थिए । सो समय मुकेशले नीतासँग सोधे, 'के तिमी मसँग विवाह गर्छौ ?'  कार रेड सिग्नलमा रोकिएको थियो । मुकेशले भने, 'म यो कार तबसम्म अघि बढाउने छैन जबसम्म तिमी जवाफ दिने छैनौ ।' पछाडिका सबै गाडीहरु हर्न बजाइ रहेका थिए तर मुकेश अम्बानी, नीताको जवाफ पर्खिरहे। नीताले केहि समयपछि मुकेश अम्बानीलाई हुन्छ भनिन् तब मुकेशले कार अघि बढाए ।

त्यसपछि नीताले मुकेशसँग सोधिन्, 'यदि मैले हुन्न भनेकी भए के तिमी मलाई कारबाट उतार्ने थियौ  ।' तब मुकेशले भने , 'अहँ म त्यस्तो गर्ने थिइन । म तिमीलाई घरसम्म छोडेर फर्किने थिए ।' यसपछि मुकेश र नीताको विवाह भयो ।

मुकेश अम्बानी र नीता अम्बानीको विवाह सन् १९८५ मा भयो । एक अन्तर्वार्तामा नीताले भनेकि थिइन् ,' म र मुकेश एक मध्यम परिवारमा हुर्कियौ। हाम्रो संस्कार र संस्कृति पनि एकै थियो। हामीले आफ्नो सन्तानलाई पनि त्यहि सिकायौ । हाम्रा सन्तान मेरो र मुकेशका आमा बुवाकै अगाडि हुर्किए ।'

'मेरो परिवार सान्ताक्रूजमा बस्नु हुन्थ्यो। बुवा आमाकोमा जानको लागि म आफ्ना सन्तानलाई लिएर चर्चगेटसम्म जान्थे र त्यहाँबाट रेल चड्थे। जब मेरो आमा अहमदाबादबाट आउनुहुन्थ्यो तब म तीनै बच्चाहरुलाई गुजरात मेल ट्रेनबाट त्यहाँ लिए जान्थे । मेरा छोरा छोरीले सार्वजनिक यातायातबाट पनि यात्रा गरेका छन् । मेरे विचारमा आफ्न सन्तानलाई जमीनसँग जोडि राख्नुपर्छ । यहांसम्म कि उनिहरु आफै आफ्नो कोठा सफा गर्ने गर्थे  ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ