arrow

जीपी फाउण्डेसनको वीरगंजमा स्यानिटाईजेशन कार्यक्रम सम्पन्न

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
Birgunj-sanitisation-GPKF.jpg

वीरगंज। कोभिड १९ अर्थात कोरोना भाईरसले विश्व नै आक्रान्त भईसकेको छ । विश्वमा महामारीको रुपमा फैलि रहेको रोगका कारण लाखौं विरामी भएका छन भने हजारौं जनाले ज्यान समेत गुमाई सकेका छन ।

नेपाल पनि यस रोगको प्रभावबाट अछुतो रहेको छैन । नेपाल सरकारले नेपाली जनताका लागि ०७६ चैत्र ११ गते देखि लकडाउन निषेधाज्ञा जारी गरेको छ ।

जीपी कोईराला फाउण्डेशन पर्साले आफनो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै पहिलो चरणको सेनेटाईजेशन कार्यक्रम सफलताका साथ सकाएको छ ।

कोरोना भाईरसले जनतामा संत्रास फैलिरहेको बेला जीपी कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने कार्यको पहिलो चरणको कार्य सफल भएको छ ।

पहिलो चरणमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंजको विभिन्न वडा १,२,३,४,५,६,७ र ८ नम्वरमा वडाहरुलाई विसंक्रमित गरिसकेको छ । नेपालमा आईलागेको यस्तो विपदको बेला हरेक नेपाली नागरिकले आफनो स्तरबाट नेपाल सरकारलाई साथ र सहयोग दिने कुरा रहेको बताउँदै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आफनो सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै वीरगंन्जको विभिन्न वडाहरुलाई सेनेटाईज गरि सकेको बताएका छन् ।

वीरगंज महानगर पालिकाको वडा नं २ छपकैयामा ३ जना भारतिय जमातीहरुमा कोरोना रोग पुष्टि भएपछि वीरगंज संत्रास अवस्थामा छ । वीरगंजका ३ वटा वडाहरु शिल समेत गरिएको छ भने सयौं जनाको कोरोना रेपिड टेस्ट समेत गरिएको छ । 

सेनिटाईजेशन कार्यक्रम आज विरगंजको १,२,३,४,५,६,७,८ नं वडाहरुमा सेनिटाईजेशन गरिएको छ भने वीरगंजको ३२ वटै वडाहरुमा सेनेटाईज गर्ने फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले बताएका छन। सेनेटाईजेशन गर्ने वडा नं ३ को कार्यक्रममा फाउण्डेशन अध्यक्ष सुदिप केवट, शेख सागिर, कृष्ण ओझा, रुस्तम मंसुरी, वहाब अंसारी, जाकिर अंसारी, मुत्र्तुजा मंसुरी रहेको फाउण्डेशन पर्साका सचिव धिरज कुमार गुप्ताले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ