arrow

कृषिमा लागेका युवालाई प्रोत्साहन गर्न आगामी बजेटमा आर्कषक योजना ल्याइने

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
ministry-of-agriculture.jpg.jpeg

काठमाडौं । विदेश जाने युवापुस्तालाई नेपालमै कृषिव्यवसायमा लाग्न प्रेरित गर्ने उद्देश्यले कृषि विकास मन्त्रालयले आफ्नो वार्षिक बजेटमा बृद्धि गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटको लागि पठाईएको कूल १७ अर्ब ९४ करोडको सिलिङ मध्ये झण्डै १२ प्रतिशतको हाराहारीको बजेट युवा आकर्षणको लागि लक्षित कार्यक्रममा खर्चगर्ने योजना बनाईएको मन्त्रालयले जनाएको छ ।

यद्यपी सो बजेटमा युवाहरूलाई नेपालमै कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने आकर्षक कार्यक्रम ल्याएको खण्डमा बजेट अझ थप गर्ने मनस्थितिमा अर्थमन्त्रालय रहेको स्थानीय स्रोतले जानकारी दिएको छ । कृषि बिकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीका अनुसार यो वर्षको बजेटमा युवाहरूलाई कृषिमा आकर्षित गर्नको लागि विभिन्न आकर्षक योजना तयार पार्ने तयारीमा सरकार रहेको स्पष्ट पारे । उनले भने, ‘अनुदान लगायतका अन्य विभिन्न आकर्षण ल्याउने विषयमा छलफल भईसकेको छ । बजेटको लागि आकर्षक बजेट सिलिङ अर्थमा पठाईएको छ ।’ उनले साझेदारीकृषि प्रणाली मार्फत् कृषि उत्पादनमा कूल बजेटको झण्डै १२ प्रतिशत भन्दा बढी खर्च गर्ने योजनामा मन्त्रालय रहेको जानकारी पनि दिए ।

‘हामीले विशेषगरी निर्यात एवं आयात मूलक कृषि उपजहरूको उत्पादनमा प्रोत्साहन मूलक कार्यक्रम ल्याउन लागेका छौं’ उनले भने । अहिले १५÷१६ वटा दातृनिकायको सञ्चालनमा रहेका विभिन्न परियोजनाहरू तथा सरकारको युवा लक्षित कृषि विकास योजनाले विदेशिन लागेका युवाहरूलाई केही हदसम्म भए पनि रोक्न ठूलो भूमिका खेल्छ भन्ने लक्ष्य लिईएको प्रवक्ता कार्कीले दाबी गरे । ‘विदेशीने युवालाई नेपालमा नै रोजगारी दिने हाम्रो लक्ष्य हो ।’ उनले भने ‘यो वर्षको हाम्रो बजेटको प्रभावले कम्तिमा पनि केही विदेशीन लागेका युवाहरूलाई नेपालमै रोजगारी छ’ भन्ने सन्देश दिन खोजीएको हो ।’ उनका अनुसार उक्त बजेटले युवाहरूको लागि विभिन्न अनुदानका कार्यक्रम एवं विभिन्न प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्न लागिएको छ । मन्त्रालयको लागि अघिल्लो वर्षमा २६ अर्ब ६० करोडको बजेट विनियोजन भएको थियो मन्त्रालयले चालू आर्थिक वर्षको पछिल्लो चौमासिकसम्म लक्षित प्रगतिमध्ये जम्मा ५२ प्रतिशत मात्रै उपलब्धी हासिल गर्न सकेको छ । बजेट खर्च नहुँदा यस्तो प्रगति समेत न्यून भएको हो । तर, अर्थमन्त्रालयले भने कृषि विकास मन्त्रालयले पठाएको बजेट सिलिङमा कहिलै पनि बजेट कम गर्ने नगरेको मन्त्रालयले नै स्वीकार गरेको छ । यसरी अर्थमन्त्रालयले कृषिमा कहिलै पनि बजेटमा कन्जुस्याईँ नगरे पनि कृषिले भने आफ्नो लक्ष्यमा भने खासै प्रगति हाँसिल गर्न सकेको छैन ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ