arrow

लकडाउनका बेला दोगडाकेदार गाउँपालिकाले बाड्यो कुखुरा !

logo
प्रकाशित २०७७ वैशाख ७ आइतबार
gaupalika3.jpg

बैतडी। कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रण गर्न नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनका बेला अत्यावश्यक काम बाहेकका सबै काम ठप्प छन् । लकडाउनको पूर्ण पालना गर्न सरकारको निर्देशन अनुसार स्थानीय तह पनि लागेका छन् । तर बैतडीको दोगडाकेदार गाउँपालिकाले लकडाउनको बेला कुखुरा वितरण गरेको छ । लकडाउनका गाउँपालिकाको आकस्मिक बाहेकका सबै काम बन्द रहेका बेला कुखुरा बितरण गरेको हो ।

गाउँपालिकामा रहेका कुखुरा फर्म दर्ता र खोर बनाएका किसानलाई आइतवार सात सय कुखुरा बितरण गरिएको कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए । 'लकडाउनभन्दा अगाडी नै चल्ला बाड्ने भन्ने योजना रहेको भएपनि कुखुरा ठुला हुदैं जाँदा समस्या भएपछी लकडाउनकै बिचमा बाडिएको हो', उनले भने ' व्यवसायीक रुपमा कुखुरापालन गरिरहेका किसानलाई ४ हप्ताका चल्ला बाड्ने कार्यक्रम रहेको थियो । तर लकडाउनका कारण चल्ला बितरण गर्न सकिएन ।' विभिन्न वडाका ८ किसानलाई कुखुरा बितरण गरेको उनले बताए ।

बैतडीकै सुर्नया गाउँपालिकामा रहेको कुखुरा फार्मबाट कुखुरा जिपमा लगेर गाउँपालिकामा बाडेको हो । लकडाउनमा कडाई गर्न भन्दै यसअघि चैत २५ गते गाउँपालिकाले अन्त्रपालिका आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय बिपरित आफैले जीपमा कुखुरा लगेर बितरण गरेको हो ।

चैत २५ गते गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीद्वारा हस्ताक्षित सूचनामा सिजनल कृषि बाहेक एक वडावाट अर्को वडामा जान समेत अध्यक्षको सिफारिस बिना जान नपाउने उल्लेख गरिएको छ ।

गाउँपालिकाको वडा नं २,३,४,७ र ८ मा कुखुरा वितरण गरिएका भएपनि सम्बन्धित वडाअध्यक्ष जानकारी बिनानै वितरण गरिएको आरोप लागेको छ । वडा नं ४ का कति किसानलाइ कुखुरा वितरण गरियो भन्ने बारे आफू अनभिज्ञ रहेको वडा नं ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए । 

'मेरो वडामा कति जनालाई कसरी बितरण गरियो मलाई थाहा छैन्', उनले भने ' कार्यपालिकाका निर्णय बिपरित कुखुरा बितरण गरिएका छन् ।' लकडाउनका बेला खान नपाएर भोकभोकै कसेका नागरिकलाई राहत बितरण गर्नुको सट्टा लकडाउनको उल्लंघन गर्दै कुखुरा बितरण गर्नु सही नभएको उनको भनाई रहेको छ ।

पशुशाखाको कुखुरा फर्म विकास कार्यक्रम अन्तर्गतकुखुरा बितरण गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । उक्त कार्यक्रमका लागि ५ लाख बजेट बिनियोजन गरिएको अध्यक्ष कार्कीले बताए । उनले भने ' वडा नं ४ मा वडाअध्यक्ष उपनिर्वाचनपछी आउनुभएको हो ,वडाअध्यक्ष आउनुभन्दा पहिला नै उक्त निर्णय भएको थियो । ' लकडाउन उल्लंघनका बारेमा सोध्दा अध्यक्ष कार्कीबाट कुनै कुनै जवाफ आएन् ।

एक किसानलार्ई कम्तीमा २० कुखुराका दरले बाडेको गाउँपालिका अध्यक्ष कार्कीले दाबीगरेपनि वडा नं ४ का किसानले भने १५-१५ कुखुरा मात्रै पाएको बताएका छन् । यसका साथै किसानहरुका निवेदनका आधारमा कुखुरा बितरण गरिएको भनिएपनि नाम नखुलाउने सर्तमा एक किसानले आफूले निवेदन पनि नदिएको बताए । उनले भने' कुखुरा बाड्ने भन्ने खबर एक्कासी पाएको हुँ, नागरिकताको फोटोकपि पछी दिनुहोला भनेको छ '

यता प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने लकडाउनको बेला कुखुरा बाड्न पाइन्न भनेर कतै नलेखेको बताए । 'लकडाउनको बेला गतिबिधि नियन्त्रण गर्ने हो', उनले भने 'लकडाउनको बेला नगरेको भए हुन्थ्यो ।' 

लकडाउन प्रभावकारी बनाउन केही दिन पर सार्न मिल्ने, अत्याश्यक नभएका, जरुरी नभएका त्यस्ता कामहरु नगर्ने भन्ने निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ