- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिले लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विपन्न परिवारलाई दिने गरि काठमाडौं महानगरपालिका वडा नम्वर ७ लाई राहत खाद्य सामग्री हस्तान्तरण गरेको छ।
पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिका अध्यक्ष रमेश महर्जनले काठमाडौं महानगर वडा नं ७ का अध्यक्ष शुद्द कुमार डंगोललाई सो राहत खाद्य सामग्री हस्तान्तरण गरेका हुन्।
दैनिक ज्यालादारी मजदुर र विपन्नलाई राहत वितरण गर्न २४ सय केजी चामल र २५० केजी दाल आइतवार हस्तान्तरण गरिएको अध्यक्ष महर्जनले जानकारी दिए। उनले वडा कार्यालय मार्फत आवश्यकता भएका व्यक्तिहरुको हातमा खाद्यान्न सामग्री पुग्ने विश्वास व्यक्त गरे।