arrow

अनुमति विना हुम्ला प्रवेश गरे ३० हजार सम्म जरिवाना

कोरोनाका डरले गाउँको आवतजावत गर्ने पुलमा छेकबार

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ वैशाख ८ सोमबार
bridge-abstacle-humla.gif

हुम्ला। कोरोना भाइरसको संक्रमणबाट जोगिन नाम्खा गाँउपालिका ३ का स्थानीयबासीले टुक्सोखोल्मु पुलमा बार लगाएर गाउँ आवतजावत नै बन्द गरेका छन्। अपरिचित ब्यक्ति गाउँमा प्रबेश नगरोस भनेर गाउँ प्रबेश गर्ने मुख्य पुलमा बार लगाएर बन्द गरिएको स्थानियले बताएका छन्। 

नेपालमै कोरोना भाइरसको संक्रमण देखिएसँगै नाम्खा गाउपालिका ३ को खगालगाँउ जोडने पुलमा स्थानीयबासीहरुले कडाई गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढने भयले स्थानीबासी युवाहरु पालो लगाएर रातदिन पुलमै बस्ने गरेको खगालगाउका स्थानियबासी एबं नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए । बन्दाबन्दीकोे अवधिभर जिल्ला बाहिर भित्रबाट गाउँमा आवतजावत हुन नदिन खगालगाँउ नजिकै कर्णाली नदीमा रहेको टुक्सोखोल्मु पुल र जाड खोल्सीबाट भित्रिने बाटोमा दैनिक गाउँका युवाहरु पालै पालो गरेर डियुटी गर्ने गरेका अध्यक्ष लामाले बताए । 

गाउँले बनाएको नियम मिचेर गाउँ प्रबेश गर्नेलाई जरिवाना
कोराना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन हुम्लाका गाउँ अनुसार छुट्टाछ्ट्टै नियम बनाईएको छ । त्यो नियम मिचेर कोही कसैले नाम्खा ३का खगालगाउमा प्रबेश गरेमा २५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ। खार्पुनाथ गाउपालिका ५ नं.वडा भित्र पर्ने पश्चिम सियला,ग्याग्रु पुल कुरिल्लार पुर्ब बोक्चेगौडा, उत्तर मारुघोर,कालाखगर र मुटिल्ला दक्षिणमा कर्णाली नदिका चार कील्ला भित्र अति आबश्यक काम परेमा वडा कार्यालयको अनुमती बिना आवतजावत गर्न बन्देज गरिएको छ । यदि यो नियम मिच्नेलाई रु १० हजार जरिवाना सहित कानुन बमोजीम कार्बाहि गर्ने वडा अध्यक्ष भिमराज शाहीले बताए । 

यस्तै हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाँउमा अनुमतिबिना गाँउ प्रवेश गर्ने जो कोहीलाई ३० हजार रुपैया जरिवाना तोकिएको छ। गाउँमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिन नदिन सो वडा कार्यालयले यस्तो निर्णय गरेको हो । ५६ घरधुरी रहेको यो वडाले मुगु जिल्ला र हुम्ला जिल्लाको चंखेली सिमाबाट दैनिक हुम्ला प्रवेश गर्न थालेपछि वडा नम्बर ५ नेप्का गाउँमा अनुमति बिना प्रवेश गर्नलाई ३० हजार रुपैया जरिवाना गर्न निर्णय भएको वडाध्यक्ष भैरव तामाङले जानकारी दिएका छन् । 

जिल्लाका बिभिन्न वडाहरुमा कतै अनुमती बिना प्रबेश गरेमानगद जरिवाना गर्ने गरेका छन भने कतै गाउँका स्थानिय महिलाहरु गाउँ प्रबेश गर्ने नाकामा आफै बसेर प्रबेशमा रोक लगाउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ