arrow

लकडाउन उल्लंघन गरी सामूहिक नमाज पढ्ने १४ जना पक्राउ 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ वैशाख ८ सोमबार
Markaj-muslim-corona.png

कपिलवस्तु। लकडाउनमा समेत कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहिको मस्जिदमा सामुहिक नवाज पढ्ने १४ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लकडाउन उल्लंघन गरेका उनीहरूलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्सेर जबराले बताए।

सरकारले कोरोना भाईरस फैलन नदिन धार्मिक स्थलहरुमा समेत सामुहिक प्रार्थना र पूजापाठ गर्न प्रतिबन्ध लगाएको छ । त्यस बिपरित कपिलवस्तुका बिभिन्न मस्जिदहरुमा अहिले पनि सामुहिक नवाज पढ्ने गरिएको भन्ने सूचनाका आधारमा धुपहीको मस्जिदमा अनुमगन गर्ने क्रममा उनीहरु भेटिएको प्रहरी उपरिक्षक राणाले बताए । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयक्त टोलीले मस्जिदबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । हामीले पटक पटक मस्जिदमा सामुहिक नवाज नपढ्न आग्रह गरीरहेका छौ तर मस्जिदमा अझै नवाज पढने गरिएको पाइयो राणाले भने ।

जिल्लामा रहेको १ सय १४ मस्जिद सहीत धार्मिक स्थलमा अनुगन समेत गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । मस्जिद सहीत जिल्लाका सबै धार्मिकस्थल सुरक्षाकर्मीको निगरानीमा रहेको उनले बताए ।

जिल्लाका मुस्लिम अगुवाहरुले समेत शुक्रवार र अन्य दिनको नवाज घरमै पढ्न अपील गरेका छन । रौतहट पछि कपिलवस्तु दोश्रो मुस्लिम बाहुल्य भएको जिल्ला हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ