arrow

कोरोना र लकडाउनमा ‘फेसबुक’ काण्डले मच्चाएको स्याङ्जा

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७७ वैशाख ८ सोमबार
corona-lockdown-hamrakura.jpg

स्याङ्जा । विश्व अहिले कोरोना भाइरस सगँ लडिरहेको छ । दैनिक हजारौ मान्छे कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका खबरहरु आइरहेका छन् । 

यो संक्रमणको नेपालले पनि लडाई गरिरहेको छ । विश्वका विभिन्न मुलुकको तुलनामा अहिलेसम्म नेपालले कोरोना संक्रमणबाट ज्यान गुमाउन भने परेको छैन त्यो अहिले सम्मका लागि सुखद खबर पनि हो । 

कोरोना संक्रमणबाट बच्न र बचाउन सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउन घोषणा गरेको पनि नेपालमा करिब एक महिना पुग्न थालेको छ । लकडाउन अवधीमा नेपालीको टाईमपासको माध्यम भनेको टेलिभिजन र इन्टरनेट हुन् । 

सबैभन्दा बढी प्रयोगमा आउने फेसबुक यो लकडाउनमा सुचनाको माध्यम बनेको छ भने कतै यसको दुरुपयोग हुदा झगडाहरु पनि हुन थालेका छन् । फेसबुकले एक महिनामा मच्चाएको काण्ड अत्यन्तै रोचक लाग्दो छ । 

कोरोना भाईरस नफैलियोस भनेर सरकारले घोषणा गरेको लकडाउनको पहिलो साता स्याङ्जाको हरिनासमा घटना भयो । जो घटना स्थानीय गणेश मानन्धरले फेसबुकमा लेखेको स्टाटसमा कमेन्ट लेखेकै आधारमा नेपाल विद्यार्थी संघका विराट मानन्धर प्रहरी नियन्त्रणमा परे । 

गाँउमा सडकको विवादमा उनले लेखेको फेसबुक स्टाटसमा उनले नेकपाका कार्यकर्ताप्रति आक्रोश पोख्दै ‘नाकको डाडी भाँचिने’ चुनौति दिएका थिए । 

सामान्य निवेदनका आधारमा मानन्धरलाई घरमै बसेका बेला प्रहरी नियन्त्रणमा लिएपछि स्याङ्जामा यो घटनाले ठुलो रुप लियो । तर नियन्त्रण गरेकै दिन दुवै पक्षबीच विवाद मिलेपछि यो घटना सेलायो । 

फेसबुक सुचना दिने र रिस पोख्ने थलोका रुपमा विकसित हुँदै गर्दा सोही साता भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालका पति लक्ष्मीपति पौडेलले फेसबुक मार्फत पिपिइ लगाएर फोटो सार्वजनिक गरेपछि हाम्राकुराले समाचार प्रकाशित गरेपछि चर्चाको विषय नै बनेको थियो । 

कोरोना संक्रमणबाट बच्न स्वास्थ्यकर्मीलाई उपलव्ध नभएका बेला उनले यो पिपिई कहाँबाट पाए भन्ने बिषयले निकै चर्चा पाएपछि पौडेलले खण्डन गर्न बाध्य भएका थिए । यो चर्चा पनि पौडेलले फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।

लकडाउनको दोस्रो साता चापाकोटमा राहत वितरणमा नगर प्रमुखले कुटे भन्ने खबर पनि फेसबुकमा निकै चर्चामा रहेको थियो । यो घटनालाई सबै भन्दा बढी नेकपाका कार्यकर्ताले फेसबुकमा उचाल्ने प्रयास गरे । नगर प्रमुख शिबकुमार गिरीले यो घट्नाको प्रेस विज्ञप्ती नै जारी गरेर सत्यता नभएको प्रस्टाएपछि बिस्तारे सेलाउदै गयो । 

सोही साता अर्जुनचौपारी गाँउपालिकामा पनि फेसबुकमै लेखेको आधारमा घट्ना घट्न पुग्यो । पोखरामा अलपत्र परेका अर्जुनचौपारी गाँउपालिकाका नागरिकलाई ल्याएको घट्नाले पनि निकै चर्चा पायो । फेसबुक मार्फत अर्जुनचौपारी जाने कोही हुनुहुन्छ भन्ने सुचना फेसबुकमै सार्वजनिक गरिएको थियो । 

काँग्रेस नेता सुर्यप्रसाद रेग्मीको अन्त्येटीका लागि पास बनाएर मान्छे ओसारेको घटनालाई पनि नेकपाले निकै चर्चा बनाउने मात्रै होइन सबैलाई क्वारेन्टाईनमा राख्ने र संलग्नलाई कारवाहिको माग समेत गरिएको थियो । 

नेकपाका जिल्ला अध्यक्ष पारसले फेसबुकमै स्टाटस लेखेर पास दिने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी र संलग्नलाई कारवाहिको माग नै गरेका थिए । यो घट्नामा प्रहरी चार जनालाई नियन्त्रणमा लिएको थियो । यहाँ पनि राजनीतिक लडाईले चर्चा पाएपछि दुई जनालाई होम क्वारेन्टाईन र चालक र सहचालकलाई क्वारेन्टाईनमा राखिएको छ । 

चालक र सहचालक अहिले सम्म वालिङ स्थित क्वारेन्टाईनमा छन् । उनीहरु बसेको पनि १८ दिन पुगेको छ । यस बिषयमा अझै कसैको चासो गएको देखिएको छैन । हरेक साता फेसबुक नै काण्डै काण्ड मच्चाउने माध्यम बन्दै आउदा फेसबुक स्टाटस र कमेन्टले रोइलो नै देखाएको छ । 

तेस्रो साता फेरी फेसबुक मार्फत सुचना दिएर चर्चामा आउने भन्दै जनप्रतिनिधि विच कुटाकुटको घट्नाले पनि निकै चर्चा पायो । नेकपाका जनप्रतिनिधि विच कुटाकुट हुदा वालिङ १० का वडा अध्यक्ष अनन्तराज गैहेको हात नै भाच्चिएर पोखरामा उपचार गर्नुपर्ने अवस्था आयो । 

यो घटनामा स्याङ्जाका पत्रकार राधाकृष्ण डुम्रेले पैदल हिँडेका यात्रुलाई वडा अध्यक्ष गैह्रेले खाना खुवाएर सहयोग गरेको स्टाटस फेसबुकमा लेखेका थिए । 

त्यसलाई साभार गर्दै अकला आवाजले शेयर गरेको थियो । यही फेसबुक स्टाटसका कारण गल्याङ ८ चिउरीमा रहेको एक रेष्टुरेन्ट कटेजमा कुटाकुट भएको थियो । यो विषय भने खासै फेसबुकमा चर्चा नपाए पनि अनलाईन मिडियामा भने यो घटनाले चर्चा पाएको थियो । 

यस घटनामा नेकपाका जनप्रतिनिधि भएका कारण फेसबुकमा खासै उचालिएको देखिएन र काँग्रेसले पनि खासै चासो देखाएन । यो घटनामा काँग्रेसका जिल्ला सदस्य अर्जुन खनाल पनि संलग्न थिए ।

चौथो साता पनि फेसबुकमा उदर गरेको घट्नाले पनि निकै चर्चा पायो । दोस्रो साता चर्चा बनेका लक्ष्मीपति चौथो साता पनि चर्चामा रहे । पौडेलले भारतबाट आएर कन्चनपुर क्वारेन्टाईनमा बसेका वालिङ २ का ४ जना उद्धार गरेको फेसबुकमा सार्वजनिक गरेका थिए । फेसबुक मार्फत सार्वजनिक गरेपछि ३ ओटा प्रदेश काटेर निकै टाढाबाट मान्छे ल्याएको भन्दै नगरपालिकाले ध्यानाकर्षण गरेको थियो । 

हालसम्म यो घटनाले फेसबुकमै निकै चर्चा पाएको छ । यो घटनामा नेकपा र नेपाली काँग्रेसका कार्यकताको फेसबुक स्टाटस र कमेन्टमै लडाई भइरहेको देख्न पाईन्छ । 

फेसबुकलाई प्रयोगकर्ताले सदुपयोग गर्न सके यो लकडाउनमा निकै फलदायी सुचना पाउन सहज हुन्छ भने यसको दुरुपयोग हुदा प्रशासनदेखि राजनीतिक मुद्धा बन्ने देखिएको छ । कोरोना भाइरसको यो माहामारीमा फेसबुकलाई दुरुपयोग भन्दा पनि सदुपयोग तर्फ लाग्नु पर्ने अवस्था स्याङ्जामा एक महिनाको दौडानमा देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ