arrow

हावाहुरीले क्वारेन्टाइनमा क्षति, लकडाउनमा भारततर्फ रक्सी लैजाने पक्राउ

logo
रासस
प्रकाशित २०७७ वैशाख ८ सोमबार
quarantine-nepaljung.jpg

विराटनगर । आइतबारराति आएको हावाहुरीसँगै परेको पानीले मोरङको मिक्लाजुङ गाउँपालिका–४ स्थित क्वारेन्टाइनमा क्षति पुगेको छ ।

हावाहुरीले  पाल, खानेपानी फिल्टर , बिजुली तथा इन्टरनेटमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए । मिक्लाजुङको टाँडीमा २०० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ ।

रक्सी बरामद
यस्तै, मोरङकै रतुवामाई नगरपालिका–४ स्थित १८० बोतल कर्णाली नामक अवैध मदिरा प्रहरीले बरामद गरेको छ । दुई थान साइकलबाट अवैध रुपमा ओसारपसार गरिरहेको उक्त मदिरा प्रतिबोतलमा ३०० मिली रहेको र प्रहरीलाई देख्नेबित्तिकै साइकल चालक फरार भएको उहाँले बताए । 

यसैगरी, भारततर्फ रक्सी लैजाने क्रममा एकजनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाएको छ । हिजो दिउँसो टेम्पुमा ३० कार्टुन रक्सी लोड गरी भारततर्फ लैजाने क्रममा पक्राउ परेका व्यक्तिलाई तीन महिना कैदबापत रु २७ हजार र थप जरिवाना रु १५ हजार गरी रु ४२ हजार धरौटी बुझी रिहा गरेको तथा टेम्पो र रक्सी नियन्त्रणमा रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

यहाँ लकडाउन उल्लङ्घन गर्ने दुई हजार ३२० सवारी साधनलाई प्रहरीले नियन्त्रण लिइकामा दुई हजार १८५ सवारी छाडिएको र सोही अवधिमा ७३६ जना मानिस लकडाउन उल्लङ्घन गर्ने क्रममा पक्राउ परी ती सबैलाई छाडिसकेको नायब उपरीक्षक राईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ