arrow

सामाजिक दुरी कायम गरि संघीय संसद वैठक कक्ष तयार गर्न निर्देशन 

logo
प्रकाशित २०७७ वैशाख ८ सोमबार
upper-house.jpg

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित संघीय संसद भवनको बैठक कक्षको निरीक्षण गरेका छन्। सोमबार संघीय संसदको संयुक्त बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको निरीक्षण गर्दै तिमिल्सिनाले सामाजिक दूरी कायम हुनेगरी बैठक कक्षको तयारी पार्न निर्देशन दिए।

अध्यक्ष तिमिल्सिनाले हलमा सामाजिक दूरी कामय गर्न तीन कुर्सीको बीचको कुर्सी खाली राखेर सांसदहरुलाई बस्नेगरी व्यवस्थापन मिलाउन सचिवालयलाई निर्देशन दिएका हुन्।

बजेट अधिवेशन आह्वान भएको अवस्थामा बैठक बस्नका लागि पूर्ण तयारीमा रहन भन्दै उनले सचिवालय पदाधिकारीहरुलाई भने, 'सामाजिक दूरी कायम हुनेगरी बैठक गर्नका लागि प्रत्येक सांसदलाई मास्क, स्यानिटाइजर र सम्भव भएसम्म स्क्यानिङ मेसिनमै स्यानिटाइज हुने व्यवस्था गर्नु।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ