arrow

सिरियाको अलेपोमा ३८ सर्वसाधारण मारिए

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
syria-map.gif.gif
बेरुत । सिरियाको अलेपो सहरमा बिहीबार भएको भिडन्तमा परी कम्तीमा पनि ३८ जना सर्वसाधारणको ज्यान गएको समाचार छ । अलेपोमा विद्रोहीले सरकार समर्थित ब्रदरहुड समूहलाई लक्ष्यगरी गरेको रकेट हमलामा परी कम्तीमा पनि ३८ जना सर्वसाधारणको ज्यान गएको हो । 
 
ब्रदरहुडलाई लक्ष्य गरेर उनीहरुले रकेट हमला गरेको जनाएका छन् । तर त्यसमा परी कम्तीमा दुई जना बालबालिकासहित ३८ जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । 
 
पछिल्लो समयमा सिरियामा युद्धबिराम जारी रहेको भनिएको भए पनि अलेपोमा भने भिडन्त भइरहेको छ । सो भिडन्तमा परी पछिल्लो शुक्रबारयता करिब १८६ जनाको ज्यान गएको बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ