खेती फुडबाट सामान खरिद गरी सेलपेबाट भुक्तानी गरे १० थान मास्क र एक थान साबुन निशुल्क
प्रकाशित २०७७ वैशाख ८ सोमबार
968
Shares
काठमाडौं। नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा सेलपेले नेपालको इकमर्स प्लेटफार्म पेलेस एपसँग सहकार्य गरेको छ। पेलेस एपको कुपन सेक्शनको खेती फुडबाट सामान खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क र १ थान साबुन निशुल्क पाउने बताइएको छ। पेलेस एपले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउने काम गर्दै आएको जनाएको छ। यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्ने बिश्वास कम्पनीले लिएको छ।
यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि पेलेसको कुपन सेक्शनको खेतीफुडबाट सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट अग्रिम भुक्तानी गर्न सक्ने बताइएको छ।
साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउने जनाएको छ। जस्को लागि सेलपेको ग्राहकहरुले पेलेसको कुपन सेक्शनको खेतीफुडबाट सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत अग्रिम भुक्तानी गरेमा १० थान मास्क र १ थान साबुन निस्शुल्क पाउने बिज्ञप्तिमा जनाइएको छ।