arrow

इँटाभट्टा परिसरमा शव गाड्ने दुई सञ्चालक पक्राउ

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
bricks.jpg

जनकपुरधाम । इँटाभट्टामा करेन्ट लागेर मृत्यु भएका एक जना मजदुरको शव गाडेको आरोपमा इँटाभट्टाका दुई जना सञ्चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाका विदेह नगरपालिका वडा नं  ३ को जोगियामा रहेको भगवती इँटाभट्टा सञ्चालक अनिफ नदाफ र अजिम मन्सुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका  प्रवक्ता रामेश्वर कार्कीका अनुसार सो भट्टाका मजदुर  सुक्ता नदाफको करेन्ट लागेर मृत्यु भएपछि सञ्चालकले नदाफको शव प्रहरीलाई कुनै जनकारी नगराई इँटाभट्टा परिसरमा नै गाडेका थिए ।

 ४० वर्षीय नदाफको सोमबार साँझ भट्टामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ । नदाफको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ भने  पक्राउ गरिएका सञ्चालकहरुको अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ