arrow

 ४० किलो सामान लिएर आयो अमेरिकी कार्गो जहाज

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
journy.PNG


काठमाडौं ।  केही कूटनीतिक सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ ।

 कूटनीति सामग्री ल्याइएको भनिएको उक्त जहाजले करिब ४० किलो सामान ल्याएको विमानस्थलले जनाएको छ । कूटनीतिक भनिएका ती कस्ता सामग्री हुन् भन्ने खुलेको छैन । 

अमेरिकी जहाज मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सामान झारेर आजै अमेरिका फर्किएको हो । 

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कूटनीतिक सामग्री बोकेर आएको अमेरिकी वायु सेवा कम्पनी जर्नी एभिएसनको जहाज स्वदेश फर्किएको बताए ।

 अमेरिकाबाट सामग्री लिएर आएको सो जहाज काठमाडौँबाट भने रित्तै फर्किएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ