arrow

ओली न लोकतन्त्रबादी देखिए न राष्ट्रबादी, लगाए कलंकको टीका

लोकतान्त्रिक आवरणमा लोकतान्त्रिक व्यवस्थामाथि नै धावा

logo
चित्र केसी,
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
chitra-kc-congress-sanjal-vp.jpg

अहिले बिश्व नै कोरोनबाट आक्रान्त बनेको अवस्था छ। यस्तो समयमा राजनीति खेल खेलेर फेरी देशलाई अस्थिरता तर्फ लैजाने केपी ओली डिजाइनको मतियार राष्ट्रपति बिद्यादेवी भण्डारी बनेकी छिन्। उनलाई संबिधानले राष्ट्रप्रमुख र संरक्षक मानेको छ। तर, यस्तो कठिन परिस्थितिमा पनि उनले केपी ओलीको हुइयामा लागेर दुई ओटा अध्यादेशलाई जारी गरिन। यद्यपी यि दुवै अध्यादेश बर्तमान परिस्थितिमा देश र जनताको लागि घातक र प्रतिकूल छन। तर किन उनले हतारमा अध्यादेशहरु जारी गरिनरु यो संक्रमण पछि गरेको भए केपी ओली र भण्डारीको लागि के आकाश खस्ने थियोरु यदि उनी पनि साच्चिकै राष्ट्रप्रमुख हुन भने यस्तो कठिन अवस्थामा अध्यादेश ल्याउनु जरुरी छैन मैले जारी गर्दिन भनेर रोक्ने हैसियत राख्नु पर्थ्यो जुन उनले पुरा गर्न सकिनन्। 

केपी ओलीको बिषयमा एक अन्तर्वार्तामा राधाकृष्ण मैनालीले भनेका थिए, ' उसमा कुनै धैर्यता ज्ञान छैन, अल्लारे केटो हो, हावा क़ुरा बढी गर्दछ, जोक गर्ने शुरू देखिको बानी हो।' आम नागरिकलाई झै मलाई पनि यिनले शुरूमा केही गर्दछन की भन्ने लागेको थियो। तर उनी यो छोटो समयमै उनी यति स्खलित भए की त्यो आशा अहिले पूर्णतया मिथ्या साबित भइसक्यो। अब आम नागरिक केपी ओलीबाट देशका कुनै समस्या पार लाग्दैन भन्नेमा पुगिसकेको छ।  

हिजो केपी ओलीले जुन अध्यादेश ल्याए, यो इतिहासको कलंक हो। यो कलंकको टीका लगाएर ओलीले आफूलाई पनि कलंकित गरेका छन्। लोकतान्त्रिक व्यवस्थाबाट निर्वाचित भएर आएका ओलीले लोकतान्त्रिक आवरणमा लोकतान्त्रीक व्यवस्थामाथि नै धावा बोलेका छन्। अब यो कदमको बिरुद्द सबै लोकतान्त्रिक शक्ति एक ठाउँ उभिनुको विकल्प छैन।

यो बिषम परिस्थितिमा फेरी भुलेर, सत्ता लोभमा फसेर कांग्रेसले पुष्पकमल दाहाललाई काँधमा बोकेर फोहोरी खेलमा लाग्ने काम गर्नु हुन्न। भरतपुरमा छोरी बोक्दा के हालत भएको छ, अहिलेसम्म त्यहाका कांग्रेसहरु शिर ठाडो पारेर हिडन सक्ने अवस्थामा छैनन। यदि यो फोहोरी खेलमा कांग्रेस पनि संलग्न भयो भने कांग्रेसको हालत इतिहासको पानामा सिमित हुन बेर लाग्ने छैन। सत्ताको खेलमा जान कांग्रेस नेतृत्वले पनि खुट्टा उचाल्न सक्छ। तर बुझ्नु पर्ने कुरा यो खेलमा लाग्यो भने कांग्रेसको लागि धेरै पटक गल्ती हुनेछ। ।

अहिलेको पहिलो प्राथमिकता भनेको नेपाली जनतालाई कोरोनाको संत्रासबाट उन्मुक्ति दिनु नै हो। जसरी यो कार्यप्रति कांग्रेस लागिराखेको छ, अब झन जिम्मेवारी कांग्रेसको काँधमा आएको छ। किनकी केपी ओलीलाई नागरिक भन्दा सत्ता प्यारो र पहिलो प्राथमिकतामा देखिएको छ। जनता एक महिनादेखि घर भित्र थुनिएका छन्। खाना पाएका छन् कि छैनन, उनीहरुको अवस्था कस्तो छ, कुनै सरोकार र मतलब राखेका छैनन्। टेलिभिजनको स्क्रिनमा आएर ठूलो गफ चुट्दै, अरुलाई गाली गर्दै ओलीको दिन बितिरहेका छन्। यहि हो, राज्यको जिम्मेवारी र भूमिका ?

यहाँ आएर ओलीले आफूलाई न लोकतन्त्रबादी भएको देखाउन सके नत राष्ट्रबादी। चुनावको समयमा जनता सामु सस्तो र लोकप्रिय नारा दिएर चुनाव जित्ने, त्यस पछि सत्ता कब्जा गर्ने रणनीति मात्र उनले यो पटक देखाइरहेका छन्। नेकपालाई मत दिने आम नागरिकले पनि गम्भीर भएर सोच्ने अवस्था आएको छ। यो नागरिक बचाउने समय होकि, सत्ताको खेल खेल्ने समय हो? 

(केसी एनआरएनएका निवर्तमान केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका महासमिति सदस्य हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ