arrow

जिल्ला बाहिर अलपत्र परेका नगरबासीलाई उद्धार गर्दै नगरपालिका

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
Chhayanath-Municipility-mug.jpg

मुगु। सरकारले कोरोना भाईरस नियन्त्रण,रोकथाम र उपचारमा सहज होस् भनेर गरेको लकडाउनका कारण जिल्ला बाहिर अलपत्र परेका आफना नगरबासीलाई स्थानिय सरकारले उद्घार गर्न थालेको छ ।

मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले अध्ययन, जागिर, औषधीउपचार तथा अन्य कामका कारण जिल्ला बाहिर रहेका आफना नगरबासी लगडाउनका कारण अलपत्र परेको भन्दै उद्घार गर्न लागेको हो ।

जिल्ला बाहिर सुर्खेत, नेपालगंज र काठमाडौंमा अध्यन, नाकरी, औषधी उपचार लगायत अन्य कामले गएका आफना नागरिक लकडाउनले गर्दा अलपत्र पर्न गई खाना र बस्न समेत समस्या पर्न थालेको खबर आउन थालेपछि संघिय सरकार र प्रदेश सरकारको बाटो पास लिएर आफना नगरबासीलाई गृह जिल्लासम्म बसमा उद्घार गर्न लागेको नगरप्रमुख हरिजंग शाहीले बताएका छन्।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट नगरपालिकालाई पास प्राप्त भैसकेकाले संभवत: बुधबारसम्म नेपालजंग र सुर्खेतबाट अलपत्र परेका नगरबासीलाई उद्धार गरिसक्ने र काठमाडौमा बेखर्ची र बेसहारा भएर अलपत्र परेकाहरुको लगत, सम्पर्क नम्बर संकलन गर्ने काम भैरहेको र यकिन संख्या आएपछि बसको व्यवस्था गरि उद्घार गरिने छ नगरप्रमुख शाहीले बताएका छन् । उनले भने काठमाडौ देखि मुगुसम्म बस संचालन अनुमतीका लागी प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालयसंग समन्वय भैरहेको छ ।

यसरी उद्घार गरिने नगरबासीलाई कम्तिमा १४ दिन नगरपालिकाले निमार्ण गरेको क्वारेन्टाईन वा आफनै होम क्वारेन्टाईनमा बस्ने सर्तमा मात्र उद्धार गरिने पनि नगरपालिकाले जनाएको छ ।

लकडाउन लम्बिएपछि वेखर्ची भएका मुगालीहरु काठमाडौ, नेपालगंज र सुर्खेतबाट पैदल हिडेर आएका छन्। उनीहरुको बाटोमा विजोग भएको खबर आएको छ। उद्धारका लागि हिंडेका बसहरुले यसरी बाटोमा अलपत्र परेका मुगालीको पनि उद्घार गरिने भएको छ । स्रोतका अनुसार घर पुग्न हिडेकाहरु छिन्चु, बबई, डुन्गेश्वर, राकम, छेडागाड, नाग्म, मान्म रहेका छन् ।

उद्घार गरिनेहरुलाई बसको साथै बाटोमा खानबस्नको समेत व्यवस्था नगरपालिकाले मिलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ